२०८१ साउन ९ गते बुधवार

कांग्रेस बरिष्ठ नेता पौडेल दाङ आउने


दाङ,असोज ६ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल दाङ आउने भएका छन् । नेपाली काँग्रेस जिल्ला प्रचार प्रसार समितिका संयोजक तथा पार्टी उपसभापति कमानसिंह भारतीले असोज ८ गते घोराही उपमहानगरपालिका वडा नं. १६ स्यानी अम्बापुरमा हुने सभालाई बरिष्ठ नेता पौडेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । बरिष्ठ नेता पौडेलले असोज ९ गते श्रीगाउँमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको भारतीले बताए ।

त्यस्तै उपसभापति भारतीले सोमवार घोराहीमा जागरण अभियानको समापन तथा सरकरका गलत कामको बिरोध कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरेका छन् । कांग्रेसको केन्द्रीय कार्यक्रम अन्तर्गत जागरण अभियानको समापनका अवसरमा सोमवार सबै जिल्लाहरुमा सरकारको बिरोधमा आमसभा गर्न लागेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ असोज ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *