२०८१ असोज २४ गते बिहिवार

मञ्चको अध्यक्षमा घर्ती


घोराही, ४ असोज । अपांग मानबअधिकार एवं सरोकार मञ्चको अध्यक्षमा शिब घर्ती मगर चयन गरिएका छन् । मञ्चको शनिवार घोराहीमा भएको १९ औँ बार्षिक साधारणसभा एवं १० औँ अधिबेशनले मगरको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

अधिबेशनले मञ्चको उपाध्यक्षमा भविसरा घर्ती मगर, महासचिबमा शिबराज वली, सचिबमा बेधनिधी धिताल, कोषाध्यक्षमा कृष्णा कार्कीलाई चयन गरेको छ ।

यस्तै सदस्यहरुमा हरिलाल पुन मगर, नरबहादुर रोका क्षेत्री, युवराज घर्ती मगर, सिता बस्नेत, मञ्ज गिरी दमाई र लुमाकान्त सुबेदीलाई चयन गरिएको छ । मञ्चका अध्यक्ष बासुदेब रिजालको अध्यक्षता तथा मञ्चका सस्थापक अध्यक्ष ज्ञानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो । अपांग ब्यक्तिहरुको क्षेत्रमा क्रियासिल सस्था २०५७ सालमा स्थापना भएको हो ।

प्रकाशित मिति : २०७६ असोज ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *