२०८२ मङ्सिर २४ गते बुधवार

अमिलिया–तुलसीपुर सडकखण्डको भञ्ज्याङमा गोली चलेको आशंका

दाङ, असोज २ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ भञ्ज्याङ क्षेत्रमा बिहीबार दिउँसो गोली चलेको आशंका गरिएको छ । कारका चालक मेराज अली साहलाई रुपैडियाबाटै सँगै गाडी बुक गरेर आएका अन्य व्यक्तिले पेस्तोल ताकेर फायर गर्दै गाडी लगेर भागेका थिए । भारतको रुपैडियाबाट तुलसीपुरतर्फ आउँदै गरेको यूपी ४० एबी ९११ नम्वरको कार बुक गरी आएको समूहले अमिलिया तुलसीपुर सडकखण्डको भञ्ज्याङमा आफूलाई लक्षित गरि पेस्तोल ताकेर फायर गरेको साहले जानकारी दिएका छन् ।

गोली हान्ने समूहले उनको गाडी भने केही पर जंगलमा स्टेरिङ लक गरे छोडेको अवस्थामा फेला परेको प्रहरी स्रोतले बताएको छ । दाङको तुलसीपुरमा पैसा उठाउन आउँदै गरेको चारजनाको समूह त्यो कारमा सवार रहेको खुल्न आएको छ । चालकलाई बीच जंगलमा पेस्तोल ताग्दै फायर गरेको भन्ने खुल्न आएको छ’ एक प्रहरी अधिकारीले भने ‘हामी सम्वन्धित चालकलाई थप कुरा बुझ्दै छौं ।’

चालकले तर्सिएको अवस्थामा रहेको हुँदा कहिले आफूमाथि निर्घात कुटपिट भएको तथा कहिले पेस्तोल ताकेर फायर गरेको भन्ने जस्ता कुरा गरिरहेको हुँदा सत्यतथ्य पत्ता लगाउन समस्या भइहरेको प्रहरीले बताएको छ । गाडी भाडाको विषयमा उनीहरुको बीचमा विवाद भएको हुनसक्ने प्रहरीको अनुमान छ । भागेका मध्ये केहीलाई अमिलिया प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : २०७६ असोज २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *