२०८३ असार १३ गते शनिवार

आज विश्वकर्मा पूजा


काठमाडौँ, असोज १। आज आसोज १ गते अर्थात् आश्विन सङ्क्रान्तिका दिनकालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदै छन् । आज कलकारखाना, सवारी साधनमा रंगीचंगी पार्नुका साथै बिशेष पूजा पनि गरीन्छ । आजका दिन आफुले प्रयोग गरे फलामे औजारको पूजा गर्नाले लामो समय सम्म टिक्ने जनबिश्वास छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले यही सम्झनामा नेपालका कालीगढले आज विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्छन् ।

प्रकाशित मिति : २०७६ असोज १ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *