Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


सल्यानमा पहिलो पटक जिल्ला स्तरिय ह्याप्की डो संघ गठन


सल्यान, भदौ ३१ । सल्यान जिल्लामा पहिलो पटक ह्याप्की डो जिल्ला संघ गठन भएको छ । मंगलबार जिल्लाको कपुरकोटमा सम्पन्न भेलाले शेर बहादुर पुनलाइ अध्यक्षमा चयन गर्दै १३ सदस्यीय नेपाल मार्सल आर्ट ह्याप्की डो संघ गठन गरेको हो । जसको उपाध्यक्षमा कपुरकोट गाउँपालिकाबाट कविता बुढा, द्वतीय उपाध्यक्षमा सिद्ध कुमाख गाउँपालिकाबाट देव बहादुर बस्नेत रहेका छन् ।

यस्तै त्रिवेणी गाउँपालिकाका टिकाराम केसी सचिव, छत्रेश्वरी गाउँपालिकाका भरत पुन कोषाध्यक्ष, दार्मा गाउँपालिकाका प्रकाश खत्री सदस्यमा चयन भएको नवनिर्वाचीत अध्यक्ष शेर बहादुर पुनले जनाए । अन्य सदस्यहरुमा कालिमाटी गाउँपालिकाबाट ललित घर्ती, कुमाख गाउँपालिकाबाट राजेन्द्र शाही, त्रिवेणी गाउँपालिकाबाट देवेन्द्र डाँगी, कपुरकोटबाट भुवन राना रहेका छन् भने दुई जना सदस्य पछि थपिने संघले जनाएको छ ।

ख्ेलकुद विकास समिती कपुरकोटका अध्यक्ष द्रोण बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिम बहादुर सेनले नवनिर्वाचीत पदाधिकारिहरुलाइ बधाइ दिएका थिए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उनले ह्याप्की डो खेललाइ कर्णाली प्रदेशभर विस्तार गर्न विशेष पहल गर्ने प्रतिवद्धता पनि जनाए । उनले ह्याप्की डो खेलको प्रशिक्षणमा विभिन्न कार्यक्रम संचालन गर्न केन्द्रीय समितीलाइ आग्रह गरे ।

जिल्ला संघको घोषणा गर्दै ह्याप्की संघ केन्द्रीय सदस्य सुवर्ण विसीले यो खेल भनेको आत्मरक्षाको एउटा कला भएको बताए । उनले यो खेल आधुनिक खेल भएको जनाउदै खेलमा शरिरका सम्पूर्ण अंगहरु र तरिकाहरु प््रयोग हुने जानकारि गराए । खेलाडिले यस खेलमा शरिरका अंगहरुको अलावा विभिन्न हतियारहरुको कला पनि देखाउन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal