
यमकला भुसाल,
तुलसीपुर, भदौ ३१।राप्ती बाल एकाडेमी तुलसीपुरको आयोजनामा ट्राफिक नियम तथा लागु औषध दुर्व्यशनी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मगंलवार एक कार्यक्रमका बिच उक्त कार्यक्रम सम्पन्न भएको हो । विद्यालयका प्रध्यानाध्यापक ठाकुर प्रसाद डाँगीको अध्यक्षतामा भएको भएको कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेम रेग्मीले ट्राफिक नियम पालना गर्नु सबै नागरिकको कर्तव्य रहेको बताए ।
उनले बाटोमा हिड्दा सधै जेब्राक्रसिङ्बाट बाटो काट्ने,मोटरशाइकलमा २ जना भन्दा बढी नबस्ने,बाटो काट्दा जहिले पनि हात समातेर काट्नु पर्ने जानकारी दिए । उनले सवारी साधनहरुको गति, त्यसका प्राविधिक पक्ष, रक्सी खाएर सवारी साधन चलाउँदा हुने बेफाइदाका बारेमा पनि जानकारी दिए ।

विश्वमा सगंठित अपराध मध्ये लागु औषध एक अपराध भएको भन्दै उनले यसबाट बच्न सबै विद्यार्थीलाई आग्रह समेत गरे। कार्यक्रममा रिपोर्टस क्लव दाङका अध्यक्ष सरद रेग्मी लगाएतले बोलेका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक तारा प्रसाद पुनले गरेका थिए ।