२०८२ मङ्सिर २२ गते सोमवार

नेपालले कुबेतसँग खेल्यो बराबरी


भदौ ३१ । एएफसी यू–१६ च्याम्पियनसिप फुटबल छनोटको दोस्रो खेलमा नेपालले कुवेतसँग १–१ गोलको बराबरी खेलेको छ ।

जोर्डनको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा सोमबार राति भएको खेलमा नेपालले कुवेतसँग १–१ गोलको बराबरी खेलेको हो ।

पहिलो हाफमा गोलरहित दुवै टिमले बराबरी खेलेका थिए । दोस्रो हाफमा नेपालले गोल गर्न सफल भयो । खेलको ७४ औं मिनेटमा दीपेश राईले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

खेलको अतरिक्त समयमा कुवेतले पेनाल्टीको सदुपयोग गर्दै अब्दुलवाहब अलहिन्दीले गोल गरेपछि नेपालले कुवेतसँग १–१ गोलको बराबरीमा खेल टुंग्याउनु परेको हो ।

समूह ‘ए’ मा रहेको नेपालले अब श्रीलंका र ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । सन् २०२० मा हुने एएफसी यू–१६ च्याम्पियनसिपमा ९ समूहका विजेताले स्थान बनाउने छन् ।

प्रकाशित मिति : २०७६ भाद्र ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *