दाङ,भदौ ३१ । राप्ती नदीमा बेगर एकजना युवा बेपत्ता भएका छन् । राप्ती गाउँपालिका वडा नं. १ माथिल्लो भालुवाङ निवासी २४ बर्षीय सुरेश बुढाथोकी बेपत्ता भएका छन् । सोमवार बेलुका पौने ७ बजेतिर माथिल्लो भालुवाङस्थित राप्ती नदी तर्ने क्रममा बुढाथोकी बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । बुढाथोकीको खोजी कार्य जारी रहेको पनि प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७६ भाद्र ३१ गते मङ्गलवार