२०८३ असार १३ गते शनिवार

कपडा बैंकलाई रोट्रयाक्टको दुई सय कपडा हस्तान्तरण


तुलसीपुर, भदौ ३० ।
रोट्रयाक्ट क्लव अफ तुलसीपुरले सोमबार कपडा बैंकलाई कपडा सहयोग गरेको छ । क्लवका अध्यक्ष नवीन राईको नेतृत्वको टोलीले तुलसिपुरमा सञ्चालन भैरहेको कपडा बैंकलाई दुई सय बढी कपडाहरु हस्तान्तरण गरेको हो ।

उक्त अवसरमा बोल्ने वक्ताहरुले गरिव र पैसा हालेर पनि कपडा किन्न नसक्ने अति विपन्न परिवारलाई कपडा बैंक सञ्चालन हुनुले केहीसम्म भएपनि राहत प्रदान गरेको बताएका छन् । उनीहरुले कपडा बैंकलाई घर–घरमा रहेका राम्रा र सफा कपडाहरु लगेर सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

उनीहरुले फुटकर तथा होलसेल ब्यवसायीहरुलाई पनि बैंकलाई कपडाहरु सहयोग गर्न अनुरोध गरेका छन् । कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका सचिव विनिल केसी, रोट्रयाक्ट क्लवका पूर्व अध्यक्ष देवेन्द्र केसी, सन्दिपन रिजाल, सचिन पौडेल, कपडा बैंकका सञ्चालकहरु ज्ञानबहादुर केसी, लक्ष्मण रेग्मी र वेदबहादुर केसी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसअघि तुलसीपुरको नयाँ बसपार्कबाट सञ्चालन भैरहेको कपडा बैंक हाल बेलुवास्थित कराते भवन नजिकैबाट सञ्चालन भैरहेको बैंकका सञ्चालक प्रकाश भट्टले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ भाद्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *