२०८३ असार १३ गते शनिवार

३ केजी अफिम सहित महिला पक्राउ

दाङ,भदौ २९ । दाङमा तीन केजी तीन सय ग्राम लागु औषध अफिम सहित एक महिला पक्राउ परेकी छन् । रोल्पा जिल्लाको थवाङ गाउँपालिका वडा नं. २ घर भइ हाल दाङको घोराही उपमहानगरपालिका वडा नं. १४ मा डेरा गरि बस्दै आएकी २२ बर्षीया नविना रोका (घर्ती) उक्त परिमानको अफिमसहित पक्राउ परेकी छन् । त्यो कोठामा विरमाया पुन डेरामा बस्दै आएकी थिइन । उनी भने फरार छिन् ।

जिल्ला प्रहरी प्रबक्ता एवं डिएसपी विनोद विक्रम शाहले शनिवार बेलुका ८ बजेतिर रोकालाई उनको कोठा बाट ६ थान अफिमसहित पक्राउ गरिएको जानकारी दिए ।

फरार विरमाया पुन भने रोल्पामा रहेको भन्ने जानकारी अनुसार खोज तलास भइरहेको डिएसपी शाहले बताए । पक्राउ परेकी घर्तीका विरुद्ध लागु औषध नियन्त्रण ऐन अनुसार मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *