
दाङ,भदौ २९ । जिल्ला प्रहरी कार्यालय सल्यानले एकजना जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्लाको सिद्धकुमाख गाउँपालिका वडा नं. १ बाँँझकाँडा निवासी २३ बर्षीय विरेन्द्र कालाथोकीमाथि स्थानीय एक १६ बर्षीया किशोरीमाथि जवरजस्ती बलात्कार गरेको अभियोग लागेको छ।
पीडित किशोरीकी आमाले दिएको जाहेरीका आधारमा फरार रहँदै आएका कालाथोकीलाई भदौ २६ गते पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवं डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
कालाथोकीलाई जिल्ला अदालत सल्यानले ७ दिनको म्याद दिएर अनुसन्धान गर्न आदेश दिएको डिएसपी खतिवडाले बताए । ‘राति घरमा कोही नभएको मौका छोपी एक्कै छिन काम छ भनेर भित्र पसेर बलजफती बलात्कार गरेको भन्ने छ,’ डिएसपी खतिवडाले भने ‘थप कुरा अनुसन्धान पछि मात्रै थाहाँ होला।’
प्रकाशित मिति : २०७६ भाद्र २९ गते आइतवार