२०८३ असार १३ गते शनिवार

सामाजिक कार्यमा रोट्रयाक्टको भूमिका प्रशंसनीय

तुलसीपुर, भदौ २७ ।
मानवअधिकार तथा शान्ति समाज नेपालका केन्द्रीय महासचिव सुशिल बस्नेतले रोट्रयाक्ट क्लवले सामाजिक कार्यमा प्रशंसनीय भूमिका खेलेको बताएका छन् । रोट्रयाक्ट क्लव अफ तुलसीपुरले आयोजना गरेको कार्यक्रममा अतिथि वक्ताको रुपमा बोल्दै बस्नेतले आफू रोट्रयाक्टका बारेमा पहिल्यैदेखि जानकार रहेको र यसको सामाजिक कार्यबाट प्रभावितसमेत रहेको बताए ।

उनले रोट्रयाक्टजस्तो प्रतिष्ठित संस्थाबाट सम्मानित हुन पाउँदा आफू अत्यन्त खुसी रहेकोसमेत बताए । कार्यक्रममा बस्नेतलाई मानव अधिकार, पत्रकारिता र सम्वाद प्रक्रियाबाट समाजमा पु¥याएको योगदानको कदर गर्दै क्लवका अध्यक्ष नवीन राईले सम्मान एवं स्वागत गरे ।

कार्यक्रममा भावी अध्यक्ष प्रमिस लामिछानेले सम्मानित बस्नेतको जीवनी प्रस्तुत गरेका थिए भने क्लवका उपाध्यक्ष रञ्जन सिंहले रोट्रयाक्ट र यसका गतिविधिका बारेमा जानकारी गराएका थिए ।

क्लवका कोषाध्यक्ष नारायण गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पूर्व अध्यक्ष सन्दिपन रिजाल, मर्यादापालक प्रवेश श्रेष्ठ, सदस्य सुरजजंग रायमाझी लगायतले मन्तव्य व्यक्त गरेका थिए । सचिव कमल डाँगीले सहजीकरण गरेको कार्यक्रममा क्लवका प्रस्तावित अध्यक्ष हेमराज बस्नेतले धन्यवाद ज्ञापन गरेका थिए ।

यसैबीच क्लवले एकजना नवप्रवेशीलाई क्लवमा स्वागत गरेको छ । क्लवका पूर्व अध्यक्ष सचिन पौडेलले नवप्रवेशी लुना पौडेललाई पिन लगाएर स्वागत गर्नुका साथै प्रवर्तन पनि गराएका थिए ।

प्रकाशित मिति : २०७६ भाद्र २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *