
बुटवल, भदौ २७ । सिद्धार्थ राजमार्गको पाल्पा–बुटबल सडकखण्डमा शुक्रबार स्कार्पियो र जीप पहिरोले पुरेको छ ।
त्यसमा परि स्कार्पियोका चालक कमल परियारको घटनास्थलमै मृत्यु भएको छ। परियार लु २ च ५९३८ नम्बरको स्कार्पियोका चालक रहेको प्रहरीले बताएको छ ।
पहिरोले लु १ ज २६१७ नम्बरको जीपपनि पुरेको छ । त्यसमा परि ६ यात्रु घाइते छन्। त्यसमध्ये दुई जनाको अवस्था गम्भीर छ। घाइतेहरूलाई उपचारका लागि लुम्बिनी अस्पताल बुटवल ल्याइएको छ। जिप पाल्पाबाट गुल्मी र स्कार्पियो बुटवल तर्फ आउँदै गरेको अवस्थामा सुख्खा पहिरोले पुरेको हो ।
पाल्पाको तिनाउँ गाउँपालिकास्थित बुटवल–पाल्पा सडकखण्डमा गएको सुख्खा पहिरोमा बिहान ११ बजे तिर स्कार्पियो र जीप पुरिएका हुन्। पहिरो पछि राजमार्ग अवरुद्ध भएको छ ।
प्रकाशित मिति : २०७६ भाद्र २७ गते शुक्रवार