दाङ,भदौ २७ । रोल्पाको थवाङ गाउँपालिका वडा नं २ मा शुक्रवार विहान गएको पहिरोले एउटा घर पुरिदा आमा छोराको मृत्यु भएको छ । अन्य केहीको अवस्था अज्ञात छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी चित्रबहादुर गुरुङका अनुसार स्थानीय कमल बुढाको घर विहान १ बजेतिर पहिरोलो पुर्दा उनकी २८ बर्षीया पत्नि थिरकुमारी बुढा र ४ बर्षीय छोरा असल बुढाको मृत्यु भएको छ ।
पहिरोमा परि मृतकका दाजु भाउजु र उनीहरुका छोरा छोरीपनि बेपत्ता रहेको डिएसपी गुरुङले जानकारी दिए । बेपत्ताहरुको उद्धार तथा खोजी कार्य जारी रहेको उनले बताए ।
स्थानीय गाउँहरुले शुक्रवार विहान १ बजेतिर पहिलो गएको आवाज सुनेको भएपनि बुढाको घर एकान्तमा रहेको हुँदा विहान मात्रै त्यहाँ गएर हेर्दा घर पुरेको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए । घटनास्थल बाट प्रहरीले आमा छोराको शव फेला पारेको भएपनि अन्यको अवस्था भने यो खवर तयार पर्दासम्म अज्ञात नै रहेको डिएसपी गुरुङले बताए । कमल बुढा मगर भने हाल विदेशमा रहेको भन्ने खुल्न आएको प्रहरीले बताएको छ ।