२०८३ जेष्ठ ३१ गते आइतवार

दाङमा जागरण अभियान २ दिन स्थगित हुने


दाङ,भदौ २६ । नेपाली काँग्रेस दाङले दुई दिन जारी जागरण अभियान स्थगन गर्ने भएको छ । भदौ २४ गते संस्थापक नेता वीपी कोईरालाको जन्मजयन्ति पारेर काँग्रेसले दोस्रो चरणको जागरण अभियान सुरु गरेको छ । काँग्रेसका सभापति शेरबहादुर देउवा लगातका विशिष्ट नेताहरु जिल्लामा आउन लागेको हुँदा दुई दिन जागरण अभियान जिल्लाभर स्थगित हुने जिल्ला पार्टी सभापति कीर्तिबहादुर खड्काले जानकारी दिए ।

पार्टी सभापति देउवा भदौ २७ गते घोराहीमा प्रथम जननिर्वाचित प्रधानमन्त्री समेत रहेका वीपीको सालिक अनावरण गर्न आउने कार्यक्रम तय गरिएको छ भने दोस्रो दिन भदौ २८ गते तुलसीपुरमा स्थापना गरिएको पूर्ण कदको सालिक अनावरण गर्न आउने कार्यक्रम रहेको हुँदा दुई दिन जिल्लाको जागरण अभियान स्थगित गरिएको जिल्ला सभापति खड्काले आग्रह गरे ।

कार्यक्रममा सहभागिहुन आग्रह
यसैबीच नेपाली काँग्रेस क्षेत्र नं. २ का सभापति भूपबहादुर डाँगीले भोलि (शुक्रवार) घोराहीमा पार्टी सभापति देउवाको उपस्थितिमा हुने कार्यक्रममा सहभागि हुन आग्रह गरेका छन् । उनले नेपाली काँग्रेस दाङका सम्पूर्ण नेता कार्यकर्ता, भातृ संगठन,महासमिति तथा महाधिवेशन प्रतिनिधि लगात प्रजातन्त्रमा आस्थावान सबैलाई घोराहीमा भोलि हुने कार्यक्रम उपस्थित हुने आग्रह गरेका छन् । घोराहीमा पहिलो पटक वीपीको नयाँ सालिक स्थापना गर्न लागिएको छ । सालिक पूर्ण कदको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्काले पनि पर्सि भदौ २८ गते तुलसीपुरमा पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री देउवाले वीपीको सालिक अनावरण कार्यक्रममा उपस्थित हुन आग्रह गरेका छन् । ‘महामानव वीपीको सालिक अनावरण गर्न पार्टी सभापति देउवा आउने हुँदा तुलसीपुरमा हुने कार्यक्रम भव्य रुपमा सफल पार्न सबै तह र तप्काका नेता कार्यकर्ता, शुभेच्छुक संघ संस्था सबैमा मेरो विशेष आग्रह छ,’ सभापति खड्काले भने ।

तुलसीपुरमा यसअघिको अर्धकदको सालिक हटाएर वीपीको नयाँ र पूर्ण कदको सालिक स्थापना गर्न लागिएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *