२०८३ असार १३ गते शनिवार

एक्कासी रुख ढल्दा घर फर्किदै गरेका दुई विद्यार्थी च्यापिए

दाङ,भदौ २५ । विद्यालय वाट घर फर्किदै गरेका एक बालकको रुखले च्यापेर मृत्यु भएको छ भने अर्का घाइते छन् । जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. ६ सोतिटोलामा रुख ढलेपछि च्यापिएर स्थानीय दश बर्षीय सुजन खत्रीको मृत्यु भएको छ । संगै हिडिरहेका अर्का नौं बर्षीय बालक तिकल खत्री घाइते भएका छन् ।

घाइते तिलकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइहरेको छ । घाइते तिलकलाई टाउकोमा चोट रहेको तथा अवस्था मध्य रहेको जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिए ।

मंगलवार बेलुका स्थानीय खमारी च्युरीडाँडा प्राथमिक विद्यालय वाट घर तर्फ जाँदै गरेका दुई बालकलाई एक्कासी रुख ढलेर च्यापेको थियो । प्रहरीका अनुसार सुजनको घटनास्थलमै मृत्यु भएको थियो । त्यो घटना बेलुका पौने ५ बजेतिर भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *