Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


हापुरेमा बृहत शान्ति र समृद्धि सम्मेलन…

राजतन्त्र फर्कदैनः जर्नादन शर्मा



हापुरे, १९ भदौ ।
तत्कालिन विद्रोही माओवादी र सरकार पक्षबीच पहिलो पटक भएको वार्तास्थल दाङको हापुरेमा १६ बर्षपछि शान्ति र समृद्धि सम्मेलनको आयोजना गरिएको छ । २०६० साउन २९ र ३० गते तत्कालिन विद्रोही माओवादी र सरकार पक्षबीच वार्ता भएको थियो । रिपोटर्स क्लव दाङ र बबई गाउँपालिकाको संयुक्त आयोजनामा भएको सम्मेलनमा बोल्ने नागरिक अगुवा तथा नेताहरुले शान्ति प्रक्रियाका अपूरा कामहरु तत्काल पूरा गर्न सरकार र दलहहरुको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा बोल्दै पूर्व शान्ति तथा गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले कसैले भिक माग्दैमा राजतन्त्र नफर्किने बताएका छन् । जनताले अस्वीकार गरेको राजतन्त्र कुनैपनि हालतमा नफर्किने भन्दै संघीय गणतन्त्र विरोधी काम नगर्न आग्रह गरे । उपलब्धिलाई बिर्सेर भड्किएमा आफैले प्राप्त गरेको अधिकार र स्वतन्त्रतता गुम्ने खतरा हुने भन्दै कसैको बहकाउमा लागेर सामाजिक सञ्जालमा जथाभावी नलेख्न आग्रह गरे ।

जनताको विजय हासिल गर्न हापुरेमा पहिलो पटक शान्ति वार्ता गरिएको भन्दै हापुरेबासीले उठाएको संविधान सभा र संघीय लोकतान्त्रिक गणतन्त्रको माग पूरा भएको बताए । संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प संघीय लोकतान्त्रिक गणतन्त्र नै भएको उनले बताए । फरक प्रसंगमा उनले विप्लव माओवादीलाई वार्तामा आउन आग्रह गरेका छन् ।

हत्या र हिंसा बम, बारुदले माग पूरा गर्न नसकिने भन्दै शान्तिपूर्ण ढंगले गरिने संगठन निर्माणका लागि आफ्नो पार्टीले सहयोग गर्ने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख वक्ता तथा नागरिक अगुवा दमननाथ ढुङ्गानाले इतिहास त्रुटीपूर्ण रहेको बताए । परिवर्तन ल्याउनेहरुले नै परिवर्तन टिकाउन नसक्नु इतिहासको त्रुटीपूर्ण कार्य रहेको उनले बताए ।

बन्दुकबाट परिवर्तनको आश नगर्न आग्रह गर्दै उनले परिवर्तन बचाउनु नै महानता भएको बताए । नागरिक अगुवा श्याम श्रेष्ठले नेपाली सेनाकै कारण तत्कालिन समयमा शान्ति वार्ता भंग भएको बताए । राजा ज्ञानेन्द्रले संविधान दिन नचाहेकै कारण वार्ता भईरहेको समयमा दोरम्बामा सेनाले मान्छे मारेर शान्ति विरोधी काम गरेको बताए ।

नेपाली सेना अहिले पनि विधिको शासनमा चल्ने अवस्थामा नभएको बताएको बताउँदै नेपाली सेना, प्रशासन र सिंहदरबारमा अझै परिवर्तन नआएको बताए । ‘सिंहदरबार जस्तोको त्यस्तै छ तर नेता मात्रै बदलिएका छन्’ श्रेष्ठले भने ‘काम गर्ने शैली, पुरानै, भ्रष्टाचार व्याप्त र कर्मचारी संयोजनमा जाँदैनन अनि संघीयता संस्थागत हुन्छ ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले दुई तिहाई बहुमतको वर्तमान सरकारले शान्ति प्रक्रियाका बाँकी काम गर्न नसकेको भन्दै आपत्ति प्रकट गरे । उनले दुई तिहाई वहुमतको सरकार हुँदा पनि जनतामा निराशा ब्याप्त रहेको भन्दै नागरिकको सुरक्षा र बिकासप्रतिको चाहनालाई पूरा गर्न सरकारलाई आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य कोमल वली, नेपाल कम्युनिष्ट पार्टीका प्रदेश सचिव जगप्रसाद शर्मा अपार, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष टीकाराम खड्का, तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डे, शान्तिनगर गाउँपालिका अध्यक्ष कमानसिङ डाँगी, दंगीशरण गाउँपालिका अध्यक्ष भागीराम चौधरी, बबई गाउँपालिका अध्यक्ष भूवनेश्वर पौडेललगायतले पश्चिम दाङको समृति र शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न कार्यक्रम फलदायी हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal