
दाङ,भदौ १९ । दाङमा सर्पदंश वाट एक कालिकाको मृत्यु भएको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १ सिमलतरा निवासी ७ बर्षीय गोमा वलीको सर्पदंश बाट मृत्यु भएको छ ।
वलीलाई बुधवार बेलुका ९ बजेतिर आफ्नै घरमा गराँच सर्पले टोकेको थियो । मध्यराति पौने १ बजे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको थियो । उनको उपचारका क्रममा १२ बजेर ५० मिनेट जाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
बालिकालाई ढिला गरी उपचारको लागि अस्पताल पुर्याइएको थियो । समयमै उपचारको लागि अस्पताल नलगेको हुँदा उपचार संभव हुन नसकेको चिकित्सकले जनाएका थिए । अस्पताल पुर्याएको ५ मिनेटमै बालिकालाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रकाशित मिति : २०७६ भाद्र १९ गते बिहिवार