२०८३ भाद्र १० गते बुधवार

कुपुरकोटमा जेष्ठ नागरिकलाई सम्मान


सल्यान, भदौ १४ । सल्यानको कपुरकोट गाउँपालिकाले जेष्ठ नागरिकहरुलाइ सम्मान गरेको छ । बुवाको मुख हेर्ने दिनको अवसर पारेर गाउँपालिका भरिका पुरुष जेष्ट नागरिकलाई सम्मान गरेको छ ।

प्रमुख प्रशसकीय अधिकृत सुवाश रिजालले गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार बुवाको मुख हेर्ने दिनमा ७५ बर्ष भन्दा माथि उमेर समुहका ५३ जना जेष्ट नागरिकलाई सम्मान गरेको हो । गाउँपालिकाले आमाको मुख हेर्ने दिनमा गाउँपालिका भरिका जेष्ठ महिलाहरुलाई त्यसैगरी सम्मान गर्ने योजना तय भएको रिजालले बताए ।

गाउँपालिकाका ६ वटै वडामा कार्यक्रम गरेर जेष्ठ नागरिकहरुलाइ सम्मान गरिएको हो । कपुरकोट वडा नम्बर १ मा ८ जना, वडा नम्बर २ मा ५ जना, वडा नं. ३ मा ११ जना, वडा नम्बर ४ मा ९ जना, वडा नं. ५ मा १२ जना र वडा नम्बर ६ मा ८ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ । उनीहरुले सम्वन्धित वडा अध्यक्षहरुले जेष्ठ नागरिकलाई भेला गराएर दोसल्ला, फूलमालाले स्वागत गर्नुका साथै खाजा खर्च समेत प्रदान गरेका थिए ।

सार्वजनिक कार्यक्रम मार्फत आँफुहरुलाई सम्मान गरेपछि जेष्ठ नागरिकहरु हर्षित बनेका देखिन्थे ।

प्रकाशित मिति : २०७६ भाद्र १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *