२०८३ असार १३ गते शनिवार

अनाथ बालबालिकालाई तीन महिना पुग्ने खाद्यान्न सहयोग

दाङ, भदौ १२ । ‘दिदी घर’ मा आश्रय लिदै आएका बालबालिकालाई तीन महिना पुग्ने खाद्यान्न सहयोग प्राप्त भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बरुवा गाउँमा आश्रय लिदै आएका दश जना बालबालिकालाई आर्थिक अभावमा खाद्यान्न संकट भएको सूचनाको आधारमा वडा नं. ५का वडा अध्यक्ष विरेन्द्रकुमार शाहको अगुवाईमा उक्त सहयोग प्रदान गरिएको छ ।

विगत तीन वर्षदेखि स्यानी चौधरीले आफ्नै घरमा अनाथ बालबालिकालाई आश्रय दिदै आएकी छन् । तीनै स्यानी चौधरीलाई वडा अध्यक्षको नेतृत्वमा पुगेको टोलीले चामल, चाउचाउ, खाने तेल लगाएका खाद्य सामाग्री सहयोग गरेको हो ।

व्यक्तिगत रुपमा सहयोग संकलन गरि साहेता गर्नेहरुमा नेपाली काँग्रेसका क्षेत्रीय सचिव खिमबहादुर वली, शम्भु गिरी, बेगेन्द्र शाह, होमप्रकाश गौतम, सुरेश श्रेष्ठ, गोपाल केसी, अभियान बस्नेत, मेघराज रेउले लगाएका रहेको वडा अध्यक्ष शाहले जानकारी दिए । ‘मैले पहिले पनि व्यक्तिगत रुपमा केही बालबालिकाको पठन पाठनमा सहयोग गर्दै आएको थिए,’ वडा अध्यक्ष शाहले भने ‘ स्यानी चौधरीजी आर्थिक अभावका कारण बालबालिकालाई परेको अप्ठेरो बारे अवगत गराए लगतै हामीले व्यक्तिगत रुपमा २३ हजार रकम संकलन गरि ३ महिना पुग्ने खाद्यान्न सहयोग गरेका हौं।’

सहयोग पाउँदा दीदी घरकी सञ्चालक स्यानी चौधरीले बालबालिकालाई खुवाउनै नसक्ने परिस्थिति उत्पन्न भएको समयमा प्राप्त भएको सहयोगले ठूलो अर्थ राहात महसुश भएको भन्दै धन्यवाद दिइन । उनले उक्त आश्रममा ३ बर्षदेखि ९ बर्ष सम्मका १० जना बालबालिकालाई संरक्षण गर्दै आएको जानकारी दिइन ।

त्यहाँ बस्दै आएका सबै बालबालिकालाई निजी विद्यालय पढ्दै आएको चौधरीले बताइन । ‘पहिला व्यक्तिगत रुपमा विदेशी व्यक्तिले सहयोग गर्दै आएका थिए, तर अव ती व्यक्तिको निधनले सहयोग टुटेपछि दिदी घरलाई समस्या भएको छ,’ स्यानी चौधरीले भनिन् ‘ यस्तो अवस्थामा मानविय नाताले सबैले सहयोग गरिदिनु होला।’

प्रकाशित मिति : २०७६ भाद्र १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *