२०८३ असार १३ गते शनिवार

विद्यार्थीलाई ट्राफिक सचेतना कार्यक्रम

यमकला भुसाल,
तुलसीपुर, भदौ ११ । तुलसीपुर उपमहानगरपालिका वडा नं ७ मा रहेको मावी कालाखोलामा ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरको आयोजनामा बिहिवार भएको कार्यक्रममा विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धी जानकारी दिइएको हो ।

सो अवसरमा बोल्दै इलाका प्रहरी कार्यालय तुलसीपुरका ट्राफिक प्रमुख चन्द्र केसीले बाटोमा हिड्दा सधै जेब्राक्रसिङ्बाट बाटो काट्ने,मोटरशाइकलमा २ जना भन्दा बढी नबस्ने,बाटो काट्दा जहिले पनि हात समातेर काट्नु पर्ने जानकारी दिए । साथै उनले सवारी साधनहरुको गति, त्यसका प्राविधिक पक्ष, रक्सी खाएर सवारी साधन चलाउँदा हुने बेफाइदाका बारेमा समेत जानकारी दिए ।

मावी कालाखोलाका प्रध्यानाध्यापक राजिव ओझाको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का वडा सदस्य रामबहादुर जिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिसीले ट्राफिक नियमको पालना सबैले गर्न जरुरी रहेको बताए । साथै उनले हरेक व्यक्तीले ट्राफिक नियमको पालना गरेमा दुर्घटना न्युनीकरण गर्न सहज हुने समेत बताए ।

कार्यक्रममा अस्थायी प्रहरी वोर्ड प्रसेर्नीका इञ्चार्ज बालाराम परियार,विद्यालयका छात्रा विनिता वलि,मोविला रोका लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण मावी कालाखोलाका सह–प्रध्यानाध्यापक छविलाल न्यौपाने गरेका थिए । साथै सो अवसरमा मावी कालाखोलाका २ सय बढी विद्यार्थीको सहभागीता समेत रहेको थियो ।

प्रकाशित मिति : २०७६ भाद्र १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *