Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


बाँकेको अपराजित यात्रा कायमै


छबी पुरी,
बेलझुण्डी,भदौ ११ । दाङको बेलझुण्डी रंगशालामा जारी प्रदेश नम्बर ५ मुख्यमन्त्री कप प्रदेश स्तरीय लिग अन्तरगत सातौं दिन बुधबार भएको खेलमा बाँकेले जित निकालेको छ ।  बेलुकी भएको दोस्रो खेल भने वर्षातका कारण प्रभावित बन्यो ।

बेलुकी रुपन्देही र रोल्पाबीच भएको खेल दोश्रो हाफ शुरु हुनासाथ अविरल वर्षाकारण खेल मैदान पूरै पानीले खेल्न नमिल्ने भएपछि रोकिएको थियो । पहिलो हाफसम्ममा रुपन्देही २–१ ले अघि थियो । अव यी दुई टिम बीचको दोश्रो हाफ देखिएको खेल रोकिएकै समयबाट बिहीबार बिहान खेल हुने भएको छ । यी दुई टिम बीचको खेललाई महत्वका साथ हेरिएको छ ।

रोल्पा जारी लिगमा पहिलो जित निकाल्दै सुखद अन्त्य गर्ने दाउमा रहेको छ भने रुपन्देही लिगको शिर्ष स्थानमा पुग्ने लक्ष्यमा छ । यी दुई बीचको खेल अब पूर्प निर्धारित दाङ र बाँके बीचको खेल सकिए लगत्तै सुरु हुने भएको छ ।

यसैबीच बिहीबार लिग चरणका अन्तिम खेल हुदैछन् । बिहान दाङ र बाँके बीच खेल हुने छ भने बेलुकी नवलपरासी र बर्दिया बीच खेल हुनेछ ।

लिग चरणको अन्तिम खेलमा बाँकेले दाङ विरुद्ध जित निकाल्दै लिग च्याम्पियन बन्न चाहन्छ भने दाङले बाँकेलाई पराजित गर्दै लिगको तेश्रो स्थानमा पुग्ने लक्ष्य राखेको छ । यस्तै, दिउँसो हुने अन्तिम खेलमा बर्दियाले प्रतिष्ठाको लागि खेल्दा नवलपरासी अंक तालिकामा सुधार्ने उद्देश्यले मैदानमा उत्रने छ ।

उता बुधबार बिहान भएको खेलमा बाँकेले नवलपरासीलाई ३–१ गोल अन्तरले हराउँदै लिग च्याम्यिपनको सम्भावना कायमै राखेको छ । यस अघि रोल्पासँगको खेलमा बराबरी खेलेको बाँकेले अरु टिमलाई हराएको थियो । जारी लिगमा बाँके अपराजित रहँदै लिगको शिर्ष स्थानमा यथावत छ ।

बाँकेलाई सहज जित दिलाउन खेल शुरु भएको ९ मिनेटमा जर्सी नम्बर ७ का संजिव थापाले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको ९ मिनेटपछि नवलपरासीले जवाफी गोल फर्काएको थियो । १८औं मिनेटमा नवलपरासीका जर्सी नम्बर १९ का सनम सारु मगरले एक गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए । यस्तै, खेलको दोश्रो हाफमा बाँकेले नवलपरासीको रक्षात्मक लाइनको कमजोरीको भरपूर फाइदा उठाउँदै थप दुई गोल गर्यो । खेलको ५९औं मिनेटमा सेन्टरबाट बाँकेका जर्सी नम्बर १० का विक्रमसिंह ठकुरीले गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो । त्यो प्रहारलाई नवलपरासीका किपरले जज गर्नै सकेनन् ।

त्यस लगत्तै ६१औं मिनेटमा पाएको सुन्दर अवसर भने नवलपरासीले खेर फाल्यो । त्यही अवसर गुमाउन पुग्दा नवलपरासी हार स्वीकार्न पुगेको हो । त्यस पछिका अन्य अवसरमा पनि नवलपरासीले सदुपयोग गर्न सकेन । यस्तै खेलको ६६औं मिनेटमा बाँकेमा रवि जिएमले बाँया साइडबाट ४० यार्डको दुरी बनाएर प्रहार गरेको बलले सिधै जाली चुमेको थियो । खेल अवधिभर बल बाँकेको र नवलपरासीको पक्षमा करीव बराबरी भएपनि नवलपरासीले गोल गर्न नसक्दा हार व्यहोर्यो ।

अब बिहीबारको खेलमा जित निकाल्न सकेको खण्डमा बाँके लिग च्याम्पियन बन्नेछ ।

नेपाल फुटबल संघ एन्फाको आयोजना तथा दाङ जिल्ला फुटबल संघको संयोजनमा भइरहेको मुख्यमन्त्री फुटबल प्रतियोगितामा दाङ, बाँके, बर्दिया, रुपन्देही, नवलपरासी र रोल्पा गरि ६ जिल्लाको सहभागिता रहेको छ । प्रतियोगितामा लिग च्याम्पियन हुनेले २ लाखसहित कप तथा उपविजेताले १ लाख पुरस्कार पाउने छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal