२०८३ असार १३ गते शनिवार

गायत्री परिवार प्रज्ञा मण्डल गठन


शितलपुर, ९ भदौ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं १२ शितलपुर दाङमा चित्रबहादुर गिरीको संयोजकत्वमा ९ सदस्यीय प्रज्ञा मण्डल गठन भएको छ । जसको सचिवमा दामोदर बस्नेत, कोषाध्यक्ष डिल्लीबहादुर बस्नेत, सहसचिव शारदा गिरी, सदस्यहरु डम्बरबहादुर भण्डारी, पुष्पा अधिकारी, देवा सुवेदी, शिवा देवकोटा, गोमा गौतम रहेका छन् ।

गायत्री परिवारको धर्मतन्त्रबाट समाज सेवा, लोक शिक्षण गरी मानवमा देवत्वको उदय तथा धर्तीमा स्वर्गको अवतरण अथवा अनुभूति गराउने योजनासँग सहमत हुँदै गठन गरिएको जानकारी सचिव दामोदर बस्नेतले बताए । समाजमा व्याप्त हत्या, हिंसा, आत्महत्या, बलात्कार, भ्रष्टाचार, शैक्षिक बेरोजगारी, धार्मिक विकृतिलाई न्यूनीकरण गर्दै सभ्य सुसंस्कारित समाजको उद्देश्यले गठित प्रज्ञा मण्डलले श्री सिद्धेश्वर महादेव मन्दिर शितलपुर दाङको यज्ञशालामा नियमित सोमबार गायत्री यज्ञ तथा सत्संग गर्ने निर्णय नवगठित प्रज्ञा मण्डलका संयोजक चित्रबहादुर गिरीले जानकारी दिए ।

सत्संगको अर्थ केवल साधु सन्तहरुको उपदेश सुनेर मात्र हाम्रो जीवनमा सकारात्मक परिवर्तन तथा प्रगति हुँदैन जबसम्म हामी सुनेका शब्दरूपी प्रसादलाई आत्मिक रूपमा ग्रहण गर्दैनौं । आचरणमा प्रयोग गर्दैनौं । गायत्री परिवारले सञ्चालन गर्दै आएको योजनाहरु नारी जागरण, युवा जागरण, संस्कृति संरक्षण, वातावरण संरक्षण सदुपयोग सम्बद्र्धन, स्वाबलम्वनयुक्त स्वरोजगारमूलक निशुल्क प्रशिक्षण लगायत समाजसेवी, शिक्षक, विद्यार्थी, धर्मगुरुलगायतका व्यक्ति संगठनहरुमाझ प्रशिक्षण सत्संग गरेको हुँदा गायत्री परिवारप्रति आकर्षण बढ्दै गएको गायत्री परिवार दाङका कोषाध्यक्ष श्रीराम दहितले बताए ।

उनले भने आफ्नो निम्ति किरा फट्यांग्राले समेत पेट प्रजननका लागि दिनरात मेहनत गर्दछ । हामी उत्कृष्ट प्राणी मानवको स्वपहिचानका निम्ति दैनिक सनातन संस्कृति अनुसारको प्राकृतिक दिनचर्या अपनाऔं स्वस्थ तथा समृद्धि प्राप्त गरौं । ‘गायत्री परिवार वास्तविक परिवारको अनुभूति गराउने आध्यात्मिक संस्था रहेछ जहाँ वर्ग, लिङ्ग, सम्प्रदाय, जाति, क्षेत्र आदिका कारण कुनै पनि मानवले विभेदको महसुस गर्नुपर्दैन’ प्रज्ञा मण्डलका कोषाध्यक्ष डिल्लीबहादुर बस्नेतले बताए ।

प्रकाशित मिति : २०७६ भाद्र ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *