२०८३ भाद्र १० गते बुधवार

थर्कुडाँडामा जारी ज्ञानमहायज्ञमा ८ लाख संकलन


तुलसीपुर, ९ भदौ ।
तुलसीपुर उमहानगरपालिका–९ थर्कुडाँडामा जारी महायज्ञमा दानदाता बढ्दै गएका छन् । महायज्ञको सोमबार तेस्रो दिन करिब ८ लाख दान रकम संकलन भएको छ । ज्ञानमहायज्ञमा सोमबार मन्दिर निर्माण समितिका अध्यक्ष तथा महायज्ञ मूल आयोजक समितिका संयोजक विनोद अधिकारीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ दान गरेका छन् ।

महायज्ञमा विष्णुप्रसाद धितालले ७५ हजार १ सय ५१ , खुमलाल डाँगीले ५१ हजार ५ सय ५५, ओमकुमारी डाँगीले ५० हजार ५१ रुपैयाँ नगद दान गरेको आर्थिक समितिका संयोजक विनोद कुमार भण्डारीले जानकारी दिए । महायज्ञमा वडा नम्बर ९ का सदस्य रुपलाल चौधरीले १० हजार, टोपबहादुर वलीले ५ हजार ५ सय ५५ दान गरेको आर्थिक संयोजक भण्डारीले बताए ।

मन्दिर तथा धर्मशाला निर्माणार्थ शनिबारदेखि शुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञमा सोमबारसम्म ८ लाख रकम संकलन भएको हो । महायज्ञमा दोस्रो दिन आइतबार सबैभन्दा बढी तुलसीपुर उपमहानगरपालिका–९ नयाँबस्तीका समाजसेवी धनबहादुर वलीले २ लाख ५ रुपैयाँ दान गरेको महायज्ञ मुल आयोजक समितिले जनाएको छ ।

त्यसैगरी महायज्ञमा तुलसीपुर उपमहानगरपालिका–९ थर्कुडाँडाका जेष्ठ नागरिक तथा समाजसेवी पिमलाल डाँगीले १ लाख ७५ हजार ११ रुपैयाँ, वडा नम्बर ९ का अध्यक्ष घनश्याम ढकालले १० हजार ५, सोही ठाउँ निवासी विष्णुमाया पोखरलले ५ हजार १ सय रुपैयाँ दान गरेका छन् । महायज्ञमा दैनिकरुपमा दानदाता बढ्दै गएको महायज्ञ मुल आयोजक समितिका संयोजक विनोद अधिकारीले जानकारी दिए । ‘महायज्ञमा दानदाताहरुको संख्या बढ्दै गएको छ’ उनले भने ।

भद्रकाली मन्दिर तथा धर्मशाला निर्माणार्थ सञ्चालन भएको महायज्ञ आगामी भदौ १५ गतेसम्म सञ्चालन हुने मूल आयोजक समितिले जनाएको छ । धार्मिक, साँस्कृतिक तीर्थस्थलको रुपमा विकास गर्नका लागि मन्दिर तथा धर्मशाला निर्माण गर्न महायज्ञ सञ्चालन गरिएको महायज्ञ मुल आयोजक समितिका संयोजक अधिकारीले जानकारी दिए ।

महायज्ञबाट करिब ५० लाख संकलन गर्ने लक्ष्य रहेको उनले बताए । महायज्ञको कथा वाचकमा पण्डितद्वय रामचन्द्र तिमल्सिना र १०८ भागवतका अभियान्ता हरिचन्द्र तिमल्सिना रहेका छन् । महायज्ञमा मंगलबार दानदाता विनोद अधिकारी र विष्णुप्रसाद धिताललाई परिक्रमा गराइन लागेको आर्थिक संयोजक भण्डारीले बताए ।

‘उहाँहरुलाई मंगलबार विषेश रथयात्रासहित परिक्रमा गराउन लागेका छौँ’ उनले भने । आइतबार सबैभन्दा बढी रकम दान गरेका दानदाता धनबहादुर वली र पिमलाल डाँगीलाई सोमबार विशेष सम्मानसहित रथयात्रामा बजार परिक्रममा गरिएको आयोजकले जनाएको छ । ज्ञानमहायज्ञमा लाखबत्ती जागराम, महात्म्य कथाका साथै भजनकीर्तनसमेत हुने मूल आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *