Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


दाङले बर्दियालाई २–१ ले जित्यो, बाँके र रोल्पाले २–२ को बराबरी खेले



छवी पुरी,
दाङ, भदौ ८ । दाङमा जारी प्रदेश लिग फुटबल प्रतियोगितामा आइतबार बाँके र रोल्पाले बराबरी खेलेका छन् । दाङले संघर्षपूर्ण जीत निकालेको छ । तुलसीपुर उपमहानगरपालिका बेलझुण्डीस्थित रंगशालामा जारी प्रदेश नम्बर ५ मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको चौथो दिन आइतबार बिहान बाँके र रोल्पाबीच भएको खेलमा दुवै टीमले समान २–२ गोलको बराबरी खेलेका हुन । दिउँसोका खेलमा भने दाङ र बर्दियाबीच भयो । उक्त खेलमा दाङले २–१ गोल अन्तरले बर्दियालाई हराउन सफल भयो ।

खेलको पहिलो हाफको ३४औं मिनेटमा दाङका जर्सी नम्बर ७ का अभिषेक वलीले बर्दिया विरुद्ध गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यस्तै दोश्रो हाफको ६०औं मिनेटमा दाङका जर्सी नम्बर ९ का गणेश नेपालीले अर्को गोल थपे । तर, खेलको ७६औं मिनेटमा बर्दियाको तर्फवाट जर्सी नम्बर ७ का शम्भु थारुले गोल गरे ।

रोल्पा र बाँकेले बराबरी खेले
बाँके र रोल्पाले पहिलो हाफ गोल रहित बराबरी खेलेका थिए । दोश्रो हाफमा भने दुवै टिमबाट कुल ४ गोल भयो । ४६औं मिनेटमा रोल्पाका जर्सी नम्बर ७ का विजेन्द्र जिएमले गोलको खाता खोले ।

खेलको ५४औं मिनेटमा रोल्पाकै जर्सी नम्बर ६ का एरोज गैरेले अर्को १ गोल थप्दै टिमलाई ० का विरुद्ध २ गोलले अग्रता दिलाएका थिए ।

त्यसपछि खेल निकै प्रतिपर्धात्मक बन्यो । बाँके लगतै लयमा फर्कियो । बाँकेले उत्कृष्ट पुनरागमन गर्यो । ५७औं मिनेटमा जर्सी नम्बर १७ का प्रविण सुनारले उत्कृष्ट गोल गर्दै टिमको लागि खाता खोले । ब्याक टू ब्याक गोल गर्ने क्रममा खेलको ६०औं मिनेटमा जर्सी नम्बर ८ का विशाल थापाले अर्काै गोल थपे ।

त्यसले बाँकेलाई रोल्पासँगको गोल संख्या बराबरी गर्न सघाउ पुग्यो । रोल्पाले अग्रता जोगाउन नसक्दा अन्तिममा बाँकेसँग बराबरीमा चित्त बुझाउन बाध्य भयो ।

सोमवार नवलपरासी – रुपन्देही र दाङ–रोल्पा बीच भिड्ने
सोमबार प्रतियोगिताको पाँचौं दिनमा पनि दुई खेल हुने तालिका छ । पहिलो खेल बिहान नवलपरासी र रुपन्देहीबीच खेल हुनेछ भने दिउँसो दाङ र रोप्लाको बीचमा भिडिन्त हुने छ ।

नेपाल फुटबल संघ एन्फाको आयोजना तथा दाङ जिल्ला फुटबल संघको संयोजनमा जारी मुख्यमन्त्री फुटबल प्रतियोगिता लिगमा दाङ, बाँके, बर्दिया, रुपन्देही, नवलपरासी र रोल्पा गरि कुल ६ जिल्लाको सहभागिता छ । प्रतियोगिता आगामी भदौ १२ गतेसम्म चल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal