दाङ,भदौ ८ । घोराहीमा एक युवामाथि खुकुरी प्रहार भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी १८ बर्षीय त्रिशक्ति बर्तौलामाथि स्थानीय दूईजना युवाले खुकुरी प्रहार गरि घाइते तुल्याएका छन् । वडा नं. १५ कै ट्राफिक चोक निवासी २३ बर्षीय महेश हमाल र २२ बर्षीय राजु चौधरीले सामान्ने बिवादका कारण खुकुरी प्रहार गरि घाइते तुल्याएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
घाइते बर्तौलालाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भीक उपचार पछि थप उपचारको लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ । घाइतेको टाउकोमा चोट रहेपनि अवस्था सामान्ने रहेको पनि प्रहरीले बताएको छ ।
खुकुरी पक्राउ गर्ने दुबै जनालाई पक्राउ परि सकेका छन् । शनिवार बेलुका साढे ७ बजेतिर बर्तौलामाथि खकुरी प्रहार भएको थियो ।
प्रकाशित मिति : २०७६ भाद्र ८ गते आइतवार