२०८१ बैशाख ७ गते शुक्रवार

मुख्यमन्त्री कप फुटबल प्रतियोगिता बाँके र बर्दिया विजयी

फाइल तस्बिर

लिलाधर वली,
दाङ,६ भदौ । दाङको बेलझुण्डी रंगशालामा बिहीबारदेखि सुरु भएको प्रदेश नम्बर ५ मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगितामा शुक्रवार भएका खेलमा बाँके र बर्दिया विजयी भएका छन् ।प्रतियोगिता अन्तर्गत शुक्रवार बिहान भएको पहिलो खेलमा रोल्पा जिल्लाको फुटबल टिमलाई ० का विरुद्ध ३ गोल गर्दै बर्दिया जिल्लाको फुटबल टिम बिजयी भएको हो ।

बर्दियाको जीतका लागि जर्सी नम्बर १३ का खेलाडी प्रकाश बिसीले २३ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै पहिलो हाफको ४३औं मिनेटमा रोल्पाका खेलाडी प्रदीप डिसीको आत्मघाती गोल गरेपछि रोल्पा २–० अन्तरले पछि परेको थियो ।

खेलमा रोल्पालाई दबाफमा पारेको बर्दियाका फुटवल टिमको जितका लागि दोश्रो हाफको ६० औं मिनेटमा जर्सी नम्बर ११ का मिलन थारुले गोल गरेका थिए । उनको गोलसँगै बर्दिया ३–० को अन्तरले बिजयी भएको हो ।

त्यस्तै प्रतियोगिताको दोश्रो खेलमा बाँके जिल्लाको फुटबल टिम बिजयी भएको छ । बाँके र रुपन्देही जिल्लाको फुटबल टिमका बिच भएको खेलमा ०का बिरुद्ध १ गोलले बाँके जिल्लाको फुटबल टिम बिजयी भएको हो ।

निकै प्रतिष्प्रधात्मक खेलमा रुपन्देहीका डिफेन्स खेलाडीले बल बचाउने क्रममा डि बक्स भित्र फाउल गरेपछि बाँकेले पेनाल्टी पाएको थियो । पहिलो हाफको २५ औँ मिनेटमा पाएको पेनाल्टीमा बाँके जिल्लाका जर्सी नं.१२ का खेलाडी यमबहादुर बुढाथोकीले गोल गरेका थिए ।

कडा प्रतिष्प्रर्धाको खेलमा रुपन्देहीका खेलाडीहरुले गोलका लागि पोष्टचार्ज गरेपनि बाँकेका किपरले उत्कृष्ठ बचाउ गरेका थिए ।

भदौ १२ गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुनेले टिमले नगद २ लाखसहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन भने दोश्रो हुने टिमले नगद १ लाखसहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

प्रकाशित मिति : २०७६ भाद्र ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *