दाङ, साउन ३२ । दाङको लमहीस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ । लमही नगरपालिका वडा नम्बर ५ स्थित विश्वास काष्ट फर्निचर उद्योगमा गएराति विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
आगलागी बाट क्षतिको विवरण भने संकलन हुन बाँकी रहेको प्रहरीले बताएको छ । तर उद्योग सञ्चालक रविलाल आचार्यले भने आगलागी बाट आधा करोड बढी क्षति भएको बताए ।
शुक्रवार मध्यरातमा उद्योगमा आगलागी हुँदा काठमा आगो सल्किएपछि बढी क्षति भएको आचार्यले बताए । लमही नगरपालिकाको दमकल, पानी ट्यांकर, स्थानीय र प्रहरीको सक्रियताले आगो नियन्त्रणमा आएको थियो ।
प्रकाशित मिति : २०७६ साउन ३२ गते शनिवार