२०८३ असार १३ गते शनिवार

४ नाल भरुवा वन्दुकसहित दुई व्यक्ति पक्राउ

दाङ, सल्यान २६ । सल्यानमा भरुवा वन्दुकसहित दुई व्यक्ति पक्राउ परेका छन् । जिल्लाको कालिमाटी गाउँपालिका वडा नं. ५ बालुवा मनिकापुर भन्ने निवासी ७० बर्षीया चन्द्रबहादुर रोका र सोही ठाउँ निवासी ६७ बर्षीय टेकबहादुर कुमाल पक्राउ परेका छन् ।

उनीहरुको साथवाट एकनाले भरुवा बन्दुक ४ नाल बरामद भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । पक्राउ परेका व्यक्तिहरु माथि अनुसन्धान जारी रहेको पनि प्रहरीले बताएको छ । शनिवार दिउँसो साढे १ बजेतिर उनीहरु पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ साउन २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *