
राजेश खत्री,
दाङ, साउन २६ । घोराहीको एउटा एनसेल डिलरमा प्रहरीले छापा मारेको छ । अवैद्य रुपमा सिमकार्ड विक्रि वितरण भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको हो । जहाँ वाट प्रहरीले अवैद्य रुपमा सिमकार्ड वितरण भइरहेको तथ्य उजागर भएको दाबी गरेको छ । सरकारद्धारा प्रतिवन्धित विप्लव समुह र अरु कुनै अपराधिक समुहलाई गोप्य रुपमा त्यस्ता अवैध सिमकार्ड वितरण हुने गरेको आशंका गर्ने ठाउँहरु फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए ।
यस्ता सिमकार्ड वितरण गर्नु गैर कानुनी कार्य मानिन्छ । अपराध अनुसन्धानमा सम्लग्नको पहिचान खुल्न समस्या यस्ता सिमकार्डका कारण प्रहरीलाई समस्या हुने गरेको एसपी पाण्डेले बताए । स्पष्ट परिचय बिना नै असम्बन्धित व्यक्तिका परिचय अबैधानिक तरिकाले निकालिलेको अवस्थामा सयौं मानिसका कागजजात फेला पर्नुले सिमकार्ड अवैधानिक रुपमा वितरण भइरहेको पुष्टि भएको प्रहरीले बताएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित गणेश रेग्मीले आफ्नै घरमा राखेको एनसेन डिलरमा कागजात बिनानै सिमकार्ड बितरण गरेको पाइएको एसपी पाण्डेले बताए ।
गणेश रेग्मीले आफ्नै घरमा सञ्चालन गरेको डिलरबाट प्रहरीले विभिन्न व्यक्तिका ४ सय ७८ फोटो, विभिन्न व्यक्तिका १ हजार २ सय ६७ वटा नागरिकताको फोटोको कपि र सवारी चालक अनुमति पत्र, स्मार्ट स्टार्टर प्याक ६ सय ७० थान, ४ सय ८० सिमकार्ड फेला पारेको छ । फेला परेका सिमकार्डहरु पहिले नै सूचारु अवस्थामा फेला परेको पनि प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत प्रहरी निरिक्षक राजनकुमार गौतमका अनुसार डिलर सञ्चालक रेग्मी र उनकी श्रीमति भने फरार रहेका छन् । जिल्लामा भएका विभिन्न अपराधिक घटनामा सम्लग्न व्यक्तिहरु पक्राउ परेपछि उनीहरु मध्य एउटै व्यक्तिको साथमा अवैध रुपमा निकालिएका चार, पाँचवटा मोबाइल सिमकार्ड बरामद भएपछि प्रहरीले त्यसैको आधारमा गहिरो अनुसन्धान थालेको थियो । पक्राउ परेका व्यक्तिहरुले प्रयोग गरेका सिम अन्य व्याक्तिकै नाममा फेला परेपछि प्रहरीले अनुसन्धान थालेको हो । जसले प्रहरीलाई अनुसन्धानमा समस्या हुने गर्छ ।
त्यस्ता व्यक्तिहरुले प्राय सबैले एनसेनको सिम प्रयोग गर्ने गरेको पाइएपछि पक्राउ परेका व्यक्तिहरु माथि अनुसन्धान गर्दै जाँदा एनसियल डिलरमा हुँदै आएको गैरकानुनी कार्यको पर्दाफास भएको प्रहरी निरिक्षक गौतमले बताए ।

यस्ता सिमकार्डहरु बिप्लप समूह र गैर कानुनी काम गर्ने व्याक्तिहरुले प्रयोग गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख एसपी पाण्डेले बताए । जिल्लामा यस्ता सिम वितरण गर्ने डिलरहरु प्रसस्तै छन् । त्यसमा प्रहरीले निगरानी बढाउन आवश्यक देखिएको जानकारी दिएको छ ।
एउटै व्यक्तिको फोटो दर्जनौं संख्यामा, सवारी चालक अनुमति पत्र र नागरिकता पनि ठिक त्यसैगरी फेला परेको हुँदा सिमकार्ड वितरकले गैरकानुी कार्य गरेको पुष्टि भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङमा मुद्दा फाँटमा कार्यरत प्रहरी निरिक्षक राजनकुरमा गौतमले बरामद सामाग्री हेर्दा डरलाग्दो किसिमको अवस्था देखिएको बताए ।
दुरसञ्चार दुरुपयोग कसुर २०५३ को ऐन अन्तरगत फरार गणेश रेग्मीका विरद्ध अदालतबाट मुद्दा दर्ता गरेर कानुनी कारवाही अगाडि बढाइएको प्रहरीले बताएको छ ।