२०८३ असार १३ गते शनिवार

बंगलाचुली गाउँपालिकाका अध्यक्षको गाडीमा अज्ञात समुहद्धारा आगजनी


दाङ, साउन २६ । दाङमा अज्ञात समुहलले एउटा गाउँपालिकाको अध्यक्ष चढ्ने गाडीमा आगजनी गरेको छ । शनिवार मध्यरातमा जिल्लाको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वली चढ्ने गाडीमा अज्ञात समुहले आगजनी गरिदिएको छ ।

गाउँपालिकाको मुर्कटीस्थित वडा नं. ५ को कार्यालय परिशरमा पार्किङ गरेर राखिएको रा १ झ १५२ नम्वरको बोलेरो गाडी आगजनीवाट पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए । आफुलाई राति १ बजेरित गाडीमा आगजनी भएको खवर आएको र त्यस लगतै स्थानीय प्रहरीलाई आगो निभाउन पठाएको एसपी पाण्डेले बताए । आगो कस्ले र किन लगाएको हो ? भन्ने कुरा खुल्न नसकेकोे प्रहरीले बताएको छ ।

रोल्पा जिल्लासंग सीमाना जोडिएको बंगलाचुली दाङको विकट पहाडी क्षेत्र हो । गाउँपालिकाका अध्यक्ष वली पूर्व माओवादीवाट निर्वाचित व्यक्ति हुन । ‘म अहिले घोराहीवाट घटनास्थल तर्फ जाँदै छु । त्यहाँ पुगेर अनुसन्धान गरेपछि मात्रै कस्ले गरेको हो त्यो भन्न सजिलो होला,’ एसपी पाण्डेले भने । तर प्रहरी भने विप्लव नेतृत्वको नेकपाले उक्त आगजनी गरेको हुन सक्ने निस्कर्षमा पुगेको छ ।

प्रकाशित मिति : २०७६ साउन २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *