२०८३ असार १३ गते शनिवार

तेरौटेमा महिला संघको बृक्षारोपन

दाङ, साउन २५ । नेपाल महिला संघको ७२औँ स्थापना दिवशमा महिला संघ दाङले घोराही १६ मा रहेको तेरौटे बृद्धाश्रममा बृक्षारोपण गरेको छ । महिला संघ जिल्ला समितिले शुक्रवार एक कार्यक्रमको आयोजना गरि बृक्षारोपण गरेको हो । आश्रम परिसरमा विभिन्न जातका विरुवाहरु रोपीएको थियो ।

महिला संघ दाङका अध्यक्ष गोमा रावतको अध्यक्षता एवं कांग्रेस जिल्ला उपसभापति कमानसिंह भारतिको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले महिला संघले विभिन्न आन्दोलन लगायत सामाजिक कार्यमा अतुलनिय योगदान गरेको बताएका थिए । कार्यक्रममा महिला संघ दाङका संस्थापक अध्यक्ष विमला योगी, नेपाली कांग्रेसका जिल्ला सह–सचिव खीमा अधिकारी, कांग्रेसका जिल्ला सदस्य देवा डाँगी, कांग्रेस दाङ क्षेत्र नम्बर ३ का उपसभापति भगतसिंह भारति, कांग्रेसका महाधिवेशन प्रतिनिधी सुशीला थापा, महिला संघका महाधिवेशन प्रतिनीधी पु्ष्पा श्रेष्ठ, जिल्ला समन्वय समितिका सदस्य लोका बिक, घोराही उपमहानगरपालिका १६ नेपाली कांग्रेसका ईकाइ सभापति सुरेश पछाई, निवृत राष्ट्रसेवक समाज दाङका अध्यक्षचतुरमान डाँगीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै तरुण दल दाङका अध्यक्ष टिका घर्ति, नेविसंघका कार्यवाहक अध्यक्ष टोपबहादुर बुढाथोकी, नेविसंघ दाङ क्षेत्र नम्बर३ का सभापति तिलक रावत, नेपाल महिला संघका महाधिवेशन प्रतिनिधी शान्ता घिमीरे, महिला संघका जिल्ला सदस्य लोकेश्वरी अधिकारी, महिला संघ क्षेत्र नम्बर २ का अध्यक्ष सुशीला पौडे, महिला संघ क्षेत्र नम्बर ३ का अध्यक्ष जानका के.सी, महिलासंघका घोराही नगर अध्यक्ष द्रोपता न्यौपानेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७६ साउन २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *