दाङ,साउन २३ । दाङमा विहीवार बेलुका एक जना १२ बर्षीया बालिकाले आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ क्वाङ्गी निवासी १२ बर्षीया दिपिक्षा चौधरीले विषादी सेवन गरि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । उनले आफ्नै घरमा राखिएको सल्फास नामक विषादी सेवन गरेकी थिइन ।
बेलुका साढे ६ बजेतिर विषादी सेवन गरेकी उनलाई उपचारको लागि तुलसीपुरस्थित राप्ती लाईभ केयर हस्पिटलमा ल्याइएको थियो । उनको उपचारको क्रममा बेलुका ७ बजेर ५० मिनेट जाँदा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यो खवर तयार पार्दै गर्दा मृतकको शव पोष्ट मार्टमको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको पनि प्रहरीले जानकारी दिएको छ । घटनावारे अनुसन्धान जारी रहेको प्रहरीेले बताएको छ ।
प्रकाशित मिति : २०७६ साउन २३ गते बिहिवार