२०८३ असार १३ गते शनिवार

बालक माथि करणी गरेको अभियोगमा एकजना पक्राउ

दाङ, साउन २३ । दाङका एक बालकमाथि जवरजस्ती करणी गरेको अभियोगमा बाँकेका एक व्यक्ति पक्राउ परेका छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४ निवासी ४३ बर्षीय मुविन राहीलाई बालकमाथि जवरजस्ती रुपमा अप्राकृतिक मैथुन (करणी) गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । पक्राउ परेका व्यक्ति मुस्लिम समुदायका हुन । प्रहरीका अनुसार आरोपितलाई बुधवार राति तुलसीपुर बाट पक्राउ गरिएको थियो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी १३ बर्षीय एक बालक माथि राहीले साउन १७ गते राति आफ्नै कोठामा जवरजस्ती बाल यौन दुराचार गरेको अभियोग लागेको छ । मौखिक जाहेरी यसअघि नै पीडित बालकका बुवाले दिएको भएपनि विहीवार मात्रै ईलाका प्रहरी कार्यालय तुलसीपुरमा उनले राही विरुद्ध आफ्नो छोरामाथि जवरजस्ती करणी गरेको भन्दै किटानी जाहेरी दिएका छन् ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरको मुद्दा फाँटमा कार्यरत प्रहरी सहायक निरीक्षक सुनिल शाहीले साउन १७ गते राति राहीले ती बालकलाई आफ्नै कोठामा ललाई फकाई सुत्न बोलाएर जवरजस्ती यौन दुराचार गरेको भन्ने मुद्दाका आधारमा उनलाई पक्राउ गर्नुपरेको बताए । प्रहरीका अनुसार पीडित बालक र पीडक राही एकै घरमा भाडामा बस्दै आएका थिए ।

राही तुलसीपुरमा बसेर घरहरुमा पेन्टिङको काम गर्दै आएको व्यक्ति हुन । पीडितले विभिन्न प्रलोभन देखाएर बालकका अभिभावकलाई मनाउन खोजेको हुन सक्ने तथा कुरा नमिलेपछि मात्रै प्रहरी समक्ष मुद्दा पुगेको प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति : २०७६ साउन २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *