२०८३ असार १३ गते शनिवार

तुलसीपुर क्षेत्रमा गरिवलाई निशुल्क मिटर बक्स वितरण अभियान जारी


दाङ, साउन २३ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का ३० विपन्न परिवारलाई निशुल्क रुपमा विद्युतको मिटर बक्स वितरण गरिएको छ । तुलसीपुर विद्युत प्राधिकरणमा बुधवार एक औपचारिक कार्यक्रमको आयोजना गरि निशुल्क रुपमा मिटर बक्स वितरण गरिएको हो । कार्यक्रम प्राधिकरणका प्रमुख दिपक जंग चौधरीको अध्यक्षता र वडा नं. ११ का वडा अध्यक्ष चित्रबहादुर वलीको प्रमुख आथित्यमा भएको हो ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष वलीले विद्युत विपन्न परिवारलाई रुपमा निशुल्क मिटर बक्स वितरण गरेर विद्युत कार्यालयले स्थानीय सरकारको चिन्ता दुर गरिदिएको बताए । ‘यो अभियानले गरिवका झुपडी सम्म उज्यालो पुर्याउने स्थानीय सरकारको सपना सार्थक हुने छ,’ वडा अध्यक्ष वलीले भने । वडा सदस्य घनश्याम गौतम र सुवाश डिसीले गरिवले संधै आसपासका धनि मानिसको घरको उज्यालो हेरेर बस्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्ने बताए ।

विद्युत प्राधिकरणका प्रमुख चौधरीले उज्यालो नेपाल कार्यक्रम अन्तरगत सबैको गरिवको घरको अन्धकार हटाउन प्राधिकरणको केन्द्रिय योजना अनुसार मिटर बक्स निशुल्क वितरण गरिएको जानकारी दिए । यो अभियानले विद्युत चोरी अभियानको अन्त्य हुने उनले आशा व्यक्त गरे । वडा कार्यालयले गरेको सिफारिसका आधारमा विद्युत प्राधिकरणले निशुल्क मिटर बक्स वितरण गरेको प्रमुख चौधरीले बताए ।

कहाँ÷कहाँ कति वितरण गरिन्छ ?
तुलसीपुर वद्युत प्राधिकरणले मंगलवार मात्रै तुलसीपुर उपमहानगरपालिका वडा नं. २ का विपन्न २० परिवारलाई निशुल्क मिटर बक्स वितरण गरेको थियो । प्राधिकरणले आफ्नो कार्यक्षेत्र अन्तरगत पर्ने दंगिशरण , शान्तिनगर र बबई गाउँपालिकामा यसअघि नै निशुल्क मिटर बक्स वितरण सकिसकेको जानकारी दिएको छ । हालसम्म ४ सय ८० वटा मिटर बक्स वितरण गरिएको छ ।

विद्युत केन्द्रिय कार्यालयको निर्देशन अनुसार एउटा गाउँपालिकामा १ सय ६० वटा र उपमहानगरपालिकामा २ सय ६० वटा मिटर बक्स निशुल्क वितरण गर्नुपर्ने छ । तर त्यो भन्दा बढीपनि वितरण गरिएको विद्युत प्राधिकरण तुलसीपुरका प्रमुख दिपकजंग चौधरीले जानकारी दिए । तुलसीपुर विद्युत प्राधिकरणले कुल ७ सय २० वटा मिटर बक्स निशुल्क रुपमा वितरण गर्ने अख्तियारी पाएको भएपनि बुधवारसम्म जम्मा ४ सय ८० वटा वितरण गरिएको चौधरीले बताए । हाल सम्म झन्डै २५ लाख मुल्य बराबरको मिटर बक्स वितरण गरिएको भएपनि सबै गरेर ३५ लाख मुल्य बराबरको मिटर बक्स जडान गर्ने अख्तियारी तुलसीपु्र विद्युत प्राधिकरणलाई रहेको प्रमुख चौधरीले जानकारी दिए ।

एउटा मिटर बक्सको मुल्य सेवा शुल्कसहित २ हजार ५ सय रुपैंया जति मात्रै पर्ने भएपनि त्यो जडान गर्न आवश्यक तारसहित सबै जोडेर एउटा मिटरबक्सको कुल ४ हजार २ सयदेखि ४ हजार ५ सय सम्म पर्न गएको प्रमुख चौधरीले बताए । पहिला गाउँपालिका र विकट बस्तिमा वितरण सिध्याएर हाल उपमहानगरपालिका भित्र वितरण थालिएको प्रमुख चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ साउन २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *