२०८२ मङ्सिर २७ गते शनिवार

फेरि बजारै भरि गाई


दाङ, साउन २२ । फेरि बजारै भरि गाई गोरु देखिन थालेका छन् । तुलसीपुर बजार क्षेत्रबाट हप्ता दिन अगाडि मात्रै एउटा सहकारी संस्थाले झन्डै डेढ सय बढी छाडा गाई गौसालामा लगेको थियो । बजार र सडकमा जताततै गाईको बथान देखिन थालेपछि त्यो ट्राफिक प्रहरीका लागि टाउको दुखाईको विषय बन्न थालेको छ । दाङको तुलसीपुर, घोराही, लमही लगाएका प्राय सबै बजारमा छाडा गाई गोरुले विगविगी मच्चाएका छन् ।

विहिवार विहाना ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुखसहित ५ जनाले बजारका गाई लखेट्दै वडा नं. ७ को जंगलसम्म पुर्याएका थिए । ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक चन्द्रबहादुर केसीको कमाण्डमा ५ जना ट्राफिकले तुलसीपुरस्थित घोराही रोडमा बसको झन्डै ३ दर्जन गाई गोरु लखेटेर राजापुरको जंगलमा लगेर छोडिएको छ । तुलसीपुर बजार क्षेत्रका गाईलाई लखेट्दै झन्डै ३ किलो मिटर टाढाको राजापुर जंगलमा लगेर छोडेको प्रमुख केसीले बताए ।

छाडा गाई गोरुका कारण सडक नै जाम हुने स्थिति उत्पन्न हुन थालेपछि गाई गोरु लखेट्न ट्राफिक प्रहरी खटाउनु परेको प्रमुख केसीले बताए । यस्ता छाडा गाई गोरुका कारण तरकारी तथा फलफूल पसले आजिद भएका छन् । एक हप्ता अगाडि मात्रै सहकारीले तुलसीपुर बजार क्षेत्रका झन्डै एक ५० वटा गाई गोरु गौसालामा लग्दा राहात महसुश भएपनि फेरि बजारै भरि गाई आएको प्रमुख केसीले बताए । उपयोगहिन भएपछि गाई घरदेखि लखेट्ने गलत प्रवृतिले गर्दा बजारमा दिनहुँ छाडा गाई गोरुको संख्या थपिदै गएको जानकारहरु बताउँछन् ।

घोराहीका छाडा चौपाय चाक्लिघाट लगियो
घोराही उपमहानगरले बजारमा छोडिएका चौपायाको व्यवस्थापन सुरु गरेको छ । लामो समय देखि चाडा चौपायाको समस्यामा रहेको उपमहानगरले बजारमा यत्रतत्र छोडिएका चौपायालाई चाक्लिघाटमा व्यवस्थापन सुरु गरेको हो । बजार क्षेत्रमा चौपायाले धेरै नोक्सान गर्न थाले पछि उपमहानगरले व्यवस्थापनमा चासो देखाएको हो ।

घोराही उपमहानगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष केशव आचार्यको सक्रियतामा उपमहानगरलाई टाउको दुखाई बनेका चौपायालाई व्यवस्थापन तालिएको हो । उपमहानगरको बजार क्षेत्रमा चाडा चौपाया बढे पछि घोराहीवासीबाट धेरै आलोचना आउन थाले पछि चौपायाको व्यवस्थापन सुरु गरेको उपमहानगरले जनाएको छ ।

उपमहानगरले घोराही उपमहागनरपालिका वडा नम्व २मा रहेको जंगल नजिकैको चाक्लिघाट भन्ने स्थानमा अस्थायी टहराको स्थापना गरी व्यवस्थित गर्न लागेको हो । पशुपालनलाई आम्दानीसँग जोड्ने र चौपायाको व्यवस्थापन पनि हुने गरी चौपायालाई चाक्लिघाट तर्फ लगिएको थियो ।

उपमहानगर कै कर्मचारीहरुले बजार क्षेत्रको चौपाया समन्वय समितिको प्राङ्गणमा जम्मा गरेर तीन वटा ट्रकमा राखि चाक्लिघाटसम्म पुर्याईएको थियो ।

लामो समय देखि घोराही बजारमा चौपाया समस्याको रुपमा रहेको थियो । चौपायाले दुर्घटना बढाएको, तरकारी, फलफुल खाइदिने, पैदलयात्रु, सवारी साधनलाई समेत बाधा व्यवधान सिर्जना गरेको थियो।

मंगलवार चाक्लिघाट पुुर्याईएका गाईगोरुको पालनपोषण र रेखदेखको जिम्मा स्थानियवासीले लिएका छन् । तत्कालको लागि अस्थायी संरचना निर्माण गरी गाईगोरी पालिने छ । त्यहाँ पालिका गाई गोरुबाट दुध, मलमुत्रको कारोवार गर्ने जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०७६ साउन २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *