२०८३ असार १३ गते शनिवार

भाईले चलाएको ट्याक्टर बाट खसेर दाजुको मृत्यु

दाङ,साउन १९ । दाङको तुलसीपुरमा सहोदर भाईले चलाएको ट्याक्टर बाट खस्न पुग्दा एक जना दाजुको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ रझेना निवासी ४५ बर्षीय रामकृष्ण चौधरीको उनका भाई सुनिल चौधरीले हाँकेको ट्याँक्टर बाट खसेर मृत्यु भएको छ। गएराति ११ बजेतिर रझेना वाट जस्पुर तर्फ जाँदै गरेको लु २ च ३४३५ नम्वरको ट्याक्टटर बाट लडेर गम्भीर घाइते भएका रामकृष्णको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा शनिवार राति सवा ११ बजेतिर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

दाजु आँफुले हाँकेको ट्याक्टर बाट खसेर मृत्यु भएपछि भाई चालक सुनिलले ट्याक्टर राति घरमै लगेर राखेरे फरार भएका थिए । सुनिललाई आइतवार विहान मात्रै प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ । प्रहरी स्रोतका अनुसार अत्यधिक मदिरा सेवन गरेका रामकृष्ण सन्तुलन गुमाउँदा ट्याक्टर बाट खसेपछि पछाडिको टायरमा परेका थिए । घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ साउन १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *