२०८२ मङ्सिर २२ गते सोमवार

नख्खु कारागारभित्र कैदीबीच झडप

काठमाडौं, साउन १७ । ललितपुरस्थित नख्खु कारागारभित्र कैदीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका कैदी पूर्णकुमार राजी र पवनकुमार महतोबीच कुटाकुट भएको थियो।

महतोको कुटाइबाट गम्भीर घाइते भएका राजीको उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए।

सामान्य भनाभनबाट सुरु भएको विवादले उग्र रुप लिएपछि उनीहरुबीच कुटाकुट भएको थियो। महतोले सिमेन्टको ब्लकले राजीलाई प्रहार गरेका थिए। राजीको मानसिक सन्तुलन ठिक नभएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७६ साउन १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *