२०८३ असोज ९ गते शुक्रवार

वर्षाका कारण २ दिन पछि सारियो काँग्रेसको प्रदेश र प्रतिनिधि क्षेत्रको निर्वाचन


तुलसीपुर, असोज ९ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङमा हुने भनिएको प्रदेश सभा क्षेत्र र प्रतिनिधि सभा क्षेत्रको निर्वाचन दुई दिन पछि सारिएको छ ।
जारी निरन्तर बर्षालाई मध्यनजर गर्दै निर्वाचिन सार्ने निर्णय गएिको हो ।
काँग्रेस जिल्ला निर्वाचन समिति दाङका सहायक निर्वाचन अधिकृत अधिबक्ता अर्जुनकुमार अधिकारीले निर्वाचन कार्यातालिका दुई दिन पछि सारिएको जानकारी दिएका छन् ।
यसअघि असोज १० गते प्रदेश सभा क्षेत्र र प्रतिनिधि सभा क्षेत्रको निर्वाचन तोकिएकोमा दुई दिन पछि सार्दै त्यो निर्वाचन असोज १२ गते गर्ने निर्णय भएको जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०८३ असोज ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *