तुलसीपुर, साउन १६। तुलसीपुर तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ का नवराज रावतले टनेलबाट खेती गर्दै आएका छन् । वेमौसमी तरकारी खेतिबाट वार्षिक ७ लाखसम्म उनको आम्दानी हुन्छ । व्यावसायिक रुपमा कृषि गर्दै आएका रावतले अहिले साथीहरुसँग मिलेर १८ विगाहामा विभिन्न तरकारी लगाएका छन् । ‘राम्रो होला भन्ने अपेक्षा छ, नतिजा आउन वाँकी छ ’ उनले भने । यसैगरी तुलसीपुर उपमहानगरपालिका ७ का भदे पुनले लामो समयदेखि च्याउँखेती गर्दै आएका छन् । उनले वार्षिक १७ हजार डल्ला च्याउँ उत्पादन गरिरहेका छन् ।
तुलसीपुर उपमहानगरपालिकाले व्यावसायिक खेति गर्ने विभिन्न किसानहरुलाई प्रदान गर्ने मेयर उत्कृष्ट पुरस्कारबाट सम्मानित रावत र पुनले सम्मानबाट आफु निकै खुसी भएको वताए । ‘सम्मानले अझै केही नयाँ गर्ने उत्साह जगाएको छ ’ अर्का सम्मानित कृषक जनदिश भण्डारीले भने । उनले वेसार खेति गर्दै आएका छन् । उनी पनि कार्यक्रममा पुरस्कृत भएका थिए ।
तुलसीपुर उपमहानगरपालिकाले कृषकहरुलाई प्रोत्साहित गर्नका लागि नगरभित्रका ५ उत्कृष्ट कृषकहरुलाई नगद ५ हजार सहित सम्मान गरेको छ । यसरी पुरस्कृत हुने किसानहरुमा तरकारी खेति गर्ने वडा नम्वर ४ का दोलकवहादुर खत्री र वडा नम्वर २ का सुरज चौधरी पनि रहेका छन् ।
यसैविच उपमहानगरपालिकाले विभिन्न खेति गर्ने १२ किसानहरुलाई कृषक पोशाक समेत वितरण गरेको छ । सम्मानित हुने कृषकहरुलाई प्रमाण पत्र, कृषि कार्य गर्ने वेलामा लगाउने पोशाक वितरण गरिएको थियो । यसरी सम्मानिक हुनेहरुमा नरनारायण खत्री, रेशम विष्ट, चन्द्रवहादुर डाँगी, धनवहादुर खत्री, हरिवहादुर रोका, ऋषिराज केसी, ओकी डाँगी, तेजवहादुर केसी, क्षेत्रवहादुर खत्री, अम्मरवहादुर डाँगी, मधुमाया जिसी र मनवहादुर केसी रहेका छन् ।
यसैगरी उपमहानगरपालिकाले व्यावसायिक कृषकहरुको पहिचानका लागि कृषक परिचय पत्र समेत वितरण गरेको छ । उपमहानगरपालिका भित्रका २२ जना किसानलाई यस्तो परिचय पत्र वितरण गरिएको थियो । सार्वजनिक रुपमा कृषि शाखाले सुचना प्रकाशित गरेर कृषकहरुलाई छनोट गरेको थियो ।
सम्मान कार्यक्रममा वोल्दै नगर प्रमुख घनश्याम पाण्डेले उत्कृष्ट कृषकहरुलाई खोजेर सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने वताए । सम्मानले किसानको स्वाभिमानलाई उच्च वनाएको समेत उनको भनाई थियो । ‘सुन वेच्ने मान्छे मात्रै सम्मान हुने यो समाजमा हामीले किसानको सम्मानलाई समेत अगाडि वढाएका हौ’ नगरप्रमुख पाण्डेले भने । व्यवसायिक किसानको परिचय दिनका लागि परिचय पत्र वितरण र सम्मान गरिएको उनको भनाई थियो । किसान भनेका उपमहानगरपालिकाको सम्पत्ति भएको भन्दै सम्पत्तिलाई जोगाइ राख्नका लागि यस्ता कार्यक्रम निरन्तर अगाडि वढाइने वताए । तुलसीपुर उपमहानगरपालिकाले कृषिका क्षेत्रमा ३ तरिकाले अगाडि वढेको वताए । ‘पहिलो भनेको कृषिलाई व्यावसायिक वनाउने र उत्पादन वढाउने,दोस्रो भनेको उत्पादनको वजारीकरण र तेस्रो भनेको प्रविधिको प्रयोग हो ’ उनले भने ।
नगरप्रमुख पाण्डेले वाह्रै महिना खेति गर्ने किसानलाई सम्मान र खेती वाँझो राख्नेलाई जरिवाना गर्ने कार्यक्रम अगाडि वढाएको वताए । उनले खडेरीको समयमा विद्युत प्रयोग गरेर खेतिमा सिँचाई गर्ने किसानको विद्युत महसुल तुलसीपुर उपमहानगरपालिकाले तिरिदिने समेत वताए । यो वर्ष उपमहानगरपालिकाले बैकसंग समन्वय गरेर ५ सय किसानहरुलाई सहुलियत ऋण उपलब्ध गराउन लागेको कुरामा उनले जोड दिए ।
कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य शेसुराम भण्डारी, पाँच नम्वर प्रदेश संयोजक वुद्ध वहादुर वस्नेत, नेकपाका नेता शोभाराम वस्नेत, पुरस्कृत किसान जगदिश भण्डारी लगायतले मन्तव्य राखेका थिए । आर्थिक समिति संयोजक माधव वलीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण पशु शाखा उप प्रमुख सुवास आचार्यले गरेका थिए ।