
तुलसीपुर, १६ साउन ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ८ अश्वारा निवासी टोपा वलीलाई बिमा रकम हस्तान्तरण गरिएको । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको अश्वारा समूह सदस्य विष्णु बहादुर वलीको परिवारलाई राहतस्वरुप १४ हजार मृत्यु बिमा रकम प्रदान गरिएको छ ।
रिलायवल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडमार्फत प्राप्त भएको उक्त विमा रकम निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका तुलसीपुर शाखा प्रबन्धक पिताम्वर पौडेलको संयोजकत्वमा बिहीबार उक्त रकम प्रदान गरिएको हो । बिमा रकम हस्तान्तरण कार्यक्रम संस्थाका प्रबन्धक पिताम्बर पौडेलको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा प्रबन्धक पौडेलले १८ देखि ७० वर्षका महिलाहरुलाई समूहमा आवद्ध गराई संस्थाले विभिन्न आयआर्जनमूलक क्षेत्रमा लगानी गरेको बताए । उनले गत आर्थिक वर्ष २०७५÷०७६ मा १९ जनालाई १४ हजार देखि ५ लाखसम्म बिमा रकम प्रदान गरेको जानकारी दिए ।
कार्यक्रममा समूहकी केन्द्र प्रमुख सुरमा बस्नेत, उपप्रमुख नाजुमा पठान, समूह सदस्यहरु सीता डाँगी, विष्णु ऐरी, सुशीला केसीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण केन्द्र परिचालक सीता कुमारी चौधरीले गरेकी थिइन् । मृतक वलीकी श्रीमती टोपा वलीले धन्यवाद दिएकी थिइन् ।