२०८३ असार १४ गते आइतवार

दाङमा दुई वटा शव फेला

दाङ,साउन १५ । दाङका छुट्टै छुट्टै स्थानमा दूईजना व्यक्तिको शव फेला परेको छ । घोराही उपमहानगरपालिका वडा नं. १० को नारायणपुरदेखि वडा नं. ८ को सेती गाउँ जाने पूर्व मकै बारीमा एकजनाको शव फेला परेको छ । अन्दाजी ४० ÷ ४५ बर्षको जस्तो देखिने ती व्यक्ति मधेशी मुलको जस्तो देखिने गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । शव बुधवार दिउँसो ४ बजेतिर फेला परेको प्रहरीले बताएको छ ।

त्यस्तै जिल्लाको राप्ती गाउँपालिका वडा नं. १ रातो डाँडा भन्ने स्थानमा अन्दाजी ६० ÷ ६५ बर्षको जस्तो देखिने अर्का एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । मृतक जोगीको भेषमा रहेको जस्तो देखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ साउन १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *