२०८३ असार १३ गते शनिवार

ऋषिले वर्ल्ड रेकर्डमा नाम लेखाउन प्रस्तुती दिए

राजेश खत्री,
दाङ,साउन १३ । दाङको तुलसीपुर निवासी ऋषी परियारले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सोमवार एक सार्वजनिक कार्यक्रममा आफ्नो प्रस्तुती दिएका छन् । सोमवार उनले तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि ‘मोष्ट ह्याण्ड स्ट्याण्ड पुस अप इन वान मिनेटमा’ आफ्नो प्रस्तुती प्रर्दशन गरेका हुन । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ निवासी परियारले एक मिनेटमा ६० पटक पुस अप गरे । उनको त्यो प्रदशन पछि भव्य हुटिङ र तालीहरु बजाइएका थिए ।
हालसम्म यो विधामा बेलारसका सिर्हेई कुडायौ  को नाममा छ । उनले एक मिनेटमा ५१ पटक पुस अप गरेको रेकर्ड छ । कुडायौले सन २०१८ मे ३ मा त्यो रेकर्ड कायम गरेका थिए ।

ऋषिले परियार कुडायौको उक्त रेकर्ड रेकर्ड सहजै तोडिदिएका छन् । तर ऋषिको यो रेकर्डलाई गिनिज बुकको टोलीले आधिकारिक रुपमा मान्नेता दिन्छ कि दिदैन त्यो भने भविस्यममा मात्रै थाहाँ हुने छ । त्यसका लागि ऋषिको प्रस्तुतीलाई भिडियोमा जस्ताको त्यस्तै गिनिज बुक अफ वल्र्ड रेकर्ड कहाँ पुगाउनु पर्ने हुन्छ । त्यसैका लागि ऋषिले सोमवार यो प्रस्तुती दिएका हुन ।

ऋषिको प्रतिभा देखेर तुलसीपुर उपमहानगरपालिकाले अब लाग्ने सम्पूर्ण खर्च बेहोर्ने भएको छ । मेयर घनश्याम पाण्डेले एकलाख १५ लाख रुपैंया परियारलाई सहयोग गरिएको बताए । ‘ऋषिले प्रस्तुत गरेको भिडियोसहित हामी आवश्यक पर्ने रकमपनि गिनिज बुक अफ वल्र्ड रेकर्डको कार्यालयमा पठाउँछौं,’ मेयरले भने ‘हामीलाई आशा छ वल्र्ड रेकर्डले ऋषिको नाममा नयाँ मान्नेता प्रदान गर्ने छ।’

तुलसीपुर उपमहानगरको युवा तथा खेलकुद शाखाले ऋषि परियारको सपना सार्थक पार्न सहयोगी भूुिमका खेल्ने जानकारी दिएको छ । गिनिज बुकमा नाम लेखाउन आबश्यक पर्ने थप रकम जुटाउन पहल थाल्ने नगरका युवा तथा खेलकुद संयोजक अमर नेपाली‘माईकल’ले बताए ।तुलसीपुरको पलिब्क ज्ञान ज्योती स्कुल परिसरमा उक्त भिडियो तयार पारिएको हो । कार्यक्रमको सहजीकरण कार्यपालिका सदस्य दीपक कुमालले गरेका थिए ।

झन्डै तीन महिना अगाडि मात्रै परियारले वल्र्ड रेकर्डको लागि अर्को विधा ‘जम्पिङ जक’मा पनि प्रतिपर्धाको लागि भिडियो पठाएका थिए । त्यसको परिनामको प्रतिक्षामा परियार बस्दै आएका छन् । ऋषि दुई हातले टेकेर झन्डै तीन किलोमिटरको दुरी नविसाई पार गर्न सक्छन् । ऋषिले घरमै स्वअभ्यास बाट यो सबै सीपहरु हासिल गरेको बताए । ज्याला मजुरी गरेर जीवन निर्वाह गर्दै आएका परियारले आर्थिक अवस्था कमजोर भएका कारण समयमै वल्र्ड रेकर्डको लागि प्रयास गर्न नसकेको बताए ।

प्रकाशित मिति : २०७६ साउन १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *