
दाङ,असार २२ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० र ११ को संयुक्त आयोजनामा भएको वडा स्तरिय फूटवल प्रतियोगिताको उपाधि वडा नं. ११ ले जितेको छ ।
वडा नं. ११ ले वडा नं. १० लाई ट्राईवेकरका आधारमा जितेको हो । वडा नं. १० को गौरीगाउँ खेल मैदानमा भएको खेलको निर्धारित समयसम्म दुबै टिमले गोलरहित बराबरी खेलेपछि जितको टुङ्गो ट्राईवेकरका आधारमा गरिएको हो ।
वडा नं. ११ ले जित संगै एउटा खसीपनि जितेको छ । त्यस्तै सम्मानस्वरुप कप , प्रमाणपत्र , मेडल पनि प्राप्त गरेको छ।
प्रतियोगिताको समापन कार्यक्रम वडा न १० का अध्यक्ष कुमार लामिछानेको अध्यक्षता एवं पुर्व सांसद बुद्धिराम भण्डारीको प्रमुख आतिथ्यमा भएको हो ।
नेपाली काँग्रेसका क्षेत्रीय समापती जगतबहादुर खड्का बिशिष्ट अतिथि रहेको उक्त कार्यक्रम वडा नं. ११ का अध्यक्ष चित्रबहादुर वलीको स्वागत मन्तव्य बाट सुरु भएको हो । आफ्नो वडाका खेलाडीलाई वडा नं. ११ का वडा सदस्य सुवाश डिसीले जर्सी सौजन्य स्वरुप प्रदान गरेका थिए ।