काठमाण्डाै,मंसिर १२ । नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपाल चौथो खेलमा घरेलु टोली पाकिस्तानसँग १० विकेटले पराजित भएको छ ।
नेपालले दिएको १ सय १ रनको लक्ष्य पाकिस्तानले एक विकेट पनि नगुमाई ४० बलमै भेटायो । पाकिस्तानका नैमतले ६९, सफदारले २४ रन बनाए ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले १८ ओभरमा ५ विकेट गुमाएर १ सय रन बनायो । नेपालका भरत थापाले सबैभन्दा धेरै ३९ रन बनाए । पाकिस्तानका हरोनले २ विकेट लिए ।
प्रतियोगितामा नेपाल पहिलो खेलमा श्रीलङ्कासँग र दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो ।
नेपालले तेस्रो खेलमा अफगानिस्तानलाई र चौथो खेलमा दक्षिण आफ्रिकालाई हराएको थियो ।
प्रकाशित मिति : २०८१ मङ्सिर १२ गते बुधवार