२०८३ भाद्र १२ गते शुक्रवार

ललित स्मृति कप टु ए साईड खुला पुरुष भलिबल सुरु


लक्ष्मण बस्नेत ,तुलसीपुर,मंसिर २८ । तुलसीपुरमा बिहिवार देखि ललित स्मृति कप टु ए साईट खुला पुरुष भलिबल प्रतियोगिता २०८० सुरु भएको छ ।

फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुरको आयोजनामा राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर संचालित प्रतियोगिताको नेपाली काग्रेस तुलसीपुर नगर सभापति सुरेश हमालले उद्घाटन गरेका हुन ।

२०७७ साल असार २८ गते मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका तत्कालीन फेलोसिप ट्रेनिङ सेन्टरका संचालक गङ्गादेव गाउँपालिका वडा न ७ रोल्पा राक निवासी स्वर्गीय ललित बुढामगरको सम्झनामा प्रतियोगिताको आयोजना गरिएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि हमालले मानव सभ्यता जत्तिकै पुरानो खेलकुदको बिकास र बिस्तारमा राज्यको दृष्टि पुग्न नसकेको बताए ।

खेलकुद राष्ट्रको सान र पहिचान मात्र होईन मानव स्वास्थ्यको अभिन्न अंग हो भन्ने कुरा खेलकुदका नीति निर्माताले नबुझ्नु र खेलकुद क्षेत्रलाई हेर्ने र बुझ्ने दृष्टिकोण फराकिलो बनाउन नसक्नुले खेलकुदमा राज्यको दृष्टि पुग्न सकेन सहजै भन्न सकिन्छ,उनले भने ।

तीन दशक अगाडिको खेलकुदलाई समिक्षा गर्दा बर्तमान खेलकुदले खासै फड्को मार्नु नसकेको बताए । उनले अधिकांश खेल प्रशिक्षक सेवा निवृत्त भएर जाँदै गर्दा रिक्त ठाउँमा झण्डै दुई दशक देखि राज्यले पदपूर्ति गर्न नसक्नु बिडम्बना भएको तर्क गरे ।

साथै उनले अब स्थानिय स्तरबाट खेल बिकासको स्पष्ट खाका कोरेर निजि स्तरबाटै खेलकुदको बिकास लाग्न सबैमा आग्रह समेत गरे ।

फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु एरिको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथी तेक्वान्दोका अन्तराष्ट्रीय खेलाडी मोहन सुनार लगाएतकाले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

सो अवसरमा नेपाली काग्रेस जिल्ला सदस्य रमेश मल्ल, नेपाली काग्रेस रोप्ला जिल्ला सदस्य अमृत बुढामगर, नेपाली काग्रेस तुलसीपुर नगर कोषाध्यक्ष प्रीतम श्रेष्ठ,भलिबलका पुर्व खेलाडी केशव राज खत्री, स्वर्गीय ललित बुढाका दाजु तेज बहादुर बुढामगर लगाएतको उपस्थिति रहेको थियो ।

भलिबलका राष्ट्रिय रेफ्री द्रोण प्रकाश चन्दको स्वागत रहेको कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

यसैबिच प्रतियोगिताको आज सम्पन खेलमा एसटिएफ र एसभिसी बिजयी भएका छन ।

उद्घाटन खेलमा अखिल क्रान्तिकारी लाई २१-५ र २१-१० को सोझो सेटमा पराजित गर्दै एसटिएफले बिजयी सुरुवात गर्‍यो ।

त्यस्तै फेलोसिप ट्रेनिङ सेन्टरलाई २१-८ र २१-१४ को सोझो सेटमा पराजित गर्दै एसभिसिले बिजयी यात्रा सुरु गरेको हो ।त्यसैगरि प्रतियोगिता अन्तरगत भोलि बिहानको पहिलो खेलमा ज्ञान ज्योती तुलसिपुर र रोल्पा भिड्नेछन् । खेल साढे नौ बजे देखि सुरु हुनेछ ।

प्रतियोगिताको बिजेता टिमले नगद ३० हजार,कप,मेडल प्रमाणपत्र हात पार्नेछ । त्यस्तै द्वितिय र तृतीय हुने टिमले क्रमशः नगद २० र १० हजार,कप, मेडल प्रमाणपत्र हात पार्ने छ्न् ।

तीन दिन सम्म संचालन हुने प्रतियोगितामा १४ टिमको सहभागिता रहेकोछ ।

प्रकाशित मिति : २०८० मङ्सिर २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *