२०८३ बैशाख १२ गते शनिवार

अन्तर विद्यालय स्तरीय फुटबलको उपाधी मावी सेन्टरलाई

लक्ष्मण बस्नेत, तुलसीपुर जेठ २२ । एन्फा प्रेसिडेन्ट कप अन्तर विधालय स्तरिय फुटबल प्रतियोगिता २०८० को उपाधी माबी तुलसीपुर सेन्टरले जितेको छ ।

दाङ जिल्ला फुटबल संघ र रेफ्री संघ दाङको संयुक्त आयोजनामा संचालित प्रतियोगिताको बेल्झुन्डिमा सम्पन्न फाईनल खेलमा गोरखा ईन्टरनेशनल पब्लिक स्कुल घोराही लाई १ का बिरुद्ध ५ गोल अन्तरले पराजित गर्दै माबी तुलसीपुर सेन्टरले उपाधी जितेको हो ।

बेल्झुन्डी रंगशालामा भएको कडा प्रतिस्पर्धा र रोमाञ्चक खेलमा शानदार जित निकालेको माबी सेन्टरले उपाधी संगै नगद ५० हजार,कप,मेडल तथा प्रमाणपत्र हात पार्‍यो ।

फाईनलमा हार व्यहोरेको गोरखा ईन्टरनेशनल पब्लिक स्कुल घोराही उपविजेतामा सिमित रहदै नगद २५ हजार, कप, मेडल प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।

खेलमा माबी सेन्टरका जर्सी न ६ का टीका बहादुर मतवालाले खेलको ९ औ र ६६ औ मिनेट,जर्सी न २० का बिहान मियाले २३ र ३० औ र जर्सी न १० का बिनोद बिकले ७० औ मिनेटमा एक गोल गरे ।

त्यस्तै गोरखा घोराहिका सुगम पुनमगरले खेलको ५९ मिनेटमा जवाफी एक गोल गरे । जिल्लामा फुटबल खेलको बिकास र बिस्तार संगै बिद्यालय स्तरका नवप्रतिभावान खेलाडीहरुको पहिचान गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्लामा स्थापित निजि तथा आवासीय र सामुदायिक बिधालयमा कक्षा आठ सम्म अध्ययनरत बिधार्थीहरु सम्मेलित ५२ बिधालयका टिमको सहभागिता रहेको थियो।

यसैबिच प्रतियोगिताको समापन समारोह दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धितालको अध्यक्षता तथा अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दिर्घ बहादुर केसिको प्रमुख आतिथ्य एवं लुम्बिनी प्रदेश फुटबल संघका कार्यवाहक अध्यक्ष अजित राज भण्डारी र दाङ जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष ध्रुव आचार्यको बिशिष्ट आतिथ्यमा भएको थियो ।

सो अबसरमा प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने व्यक्तिगत बिधा तर्फ उत्कृष्ट खेलाडी गोरखा घोराहिका सुगम पुनमगर,वेष्ट डिफेण्डर माबी तुलसीपुर सेन्टरका दिप थापामगर र वेष्ट किप्पर नुमाकान्त घर्तिमगर लाई जनही नगद दुईहजार र ट्रफी प्रदान गरिएको थियो ।

त्यस्तै समग्र दाङको फुटबललाई विभिन्न उमेर समुहमा अन्तराष्ट्रीय स्तरमा चिनाउन सफल महिला तथा पुरुष खेलाडी संगै फुटबलमा महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वहरु लाई सम्मान गरिएको थियो ।

कार्यक्रमको संचालन दाङ जिल्ला फुटबल संघका महासचिव लक्ष्मण बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०८० जेष्ठ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *