२०८३ बैशाख २ गते बुधवार

हिरा डागी फाउन्डेसनले सुरु गर्‍यो ग्रासरुट फुटबल ट्रेनिङ


लक्ष्मण बस्नेत ,तुलसीपुर,चैत २१ । दाङ तुलसीपुरको अरनिको मैदानमा हिरा ग्रासरुट फुटबल ट्रेनिङ सुरु भएको छ ।

हिरा डागी फाउन्डेसन तुलसीपुर ५ ले संचालन गरेको ट्रेनिङको दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धितालले उद्घाटन गरेका हुन ।

स्थानिय स्तरमा फुटबल खेलको बिकास र प्रवर्द्धन संगै ग्रासरुट लेवलमा कुशल खेलाडी उत्पादन गर्ने उदेश्यका साथ ट्रेनिङ सुरुवात गरिएको हो ।

स्वर्गीय हिरा डागी फुटबलका एक होनहार खेलाडी थिए, उनको फुटबल प्रतिको समर्पणलाई जिवन्त राख्न उनकै नाममा ग्रासरुट फुटबल ट्रेनिङ संचालन गरेको फाउन्डेसनका सचिब केशव चौधरी मिग्माले जानकारी दिए ।

उनले भने,यो ट्रेनिङ निशुल्क हुने र यसको निरन्तरता लाई संगै आफ्नो लक्ष्य र उदेश्य अनुरुप कुशल खेलाडी उत्पादन गर्नेछ ।

दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धितालले सिङ्गो फुटबल खेलको बिकास संगै कुशल खेलाडी उत्पादन गर्ने फाउन्डेसनको लक्ष्य र उदेश्य अत्यन्त सराहनीय भएको बताए ।

“फुटबल संघले गर्ने काम फाउन्डेसनले गर्दैछ म अत्यन्त खुसी छु यसमा संघको सहयोग र सहकार्य रहनेछ अध्यक्ष धितालले भने ।”

आफ्नो स्थापना कालदेखी खेलकुद शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको फाउन्डेसनले आज देखि औपचारिक रुपमा सुरु गरेको ट्रेनिङ विशुद्ध निशुल्क हुनेछ।

ट्रेनिङमा ८ देखि १४ वर्ष उमेर समुहका महिला तथा पुरुष खेलाडिले एकेडेमीक ट्रेनिङ सेवा लिन पाउनेछन् ।

फाउन्डेसनको संचालन गरेको ट्रेनिङको प्रशिक्षकमा अखिल नेपाल फुटबल संघ एन्फाका पुर्व प्रशिक्षक प्रीती बहादुर गिरि प्रेस रहनु भएको छ ।

बिहान ६ बजे देखि संचालन हुने ट्रेनिङमा झन्डै ६० बढी महिला तथा पुरुष खेलाडिहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०७९ चैत्र २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *