घोराही, फागुन ६ । दाङको घोराहीमा फागुन २ गतेदेखि सुरु भएको प्रथम सहिद लखन थापा मगर कप रनिङ फुटबल प्रतियोगिता अन्तर्गत आज पाँचौँ दिन भएका दुई खेलमा युएनबिसी एकेडेमी र फुर्सेखाली युवा क्लब बिजयी भएका छन् ।
युएनबिसी एकेडेमीले रतनपुर ११ लाई २—० गोल अन्तरले बिजयी भएको हो । युएनबिसी एकेडेमीका तर्फबाट रुपक शाही र जुमनराज बुढाले १÷१ गोल गर्नुभएको थियो । खेलमा युएनबिसी एकेडेमीका लुबनसागर डिसीलाई रेड कार्ड देखाइएको थियो । त्यसैगरी एकेडेमीकै सन्दिप वलीलाई पहेलो कार्ड देखाइएको थियो भने रतनपुर ११ का लोकराज थापालाई पनि पहेलो कार्ड देखाइएको थियो ।
यस्तै प्रतियोगिता अन्तर्गत पाँचौँ दिनको दोस्रो खेलमा फुर्सेखाली युवा क्लब बिजयी भएको छ । भरतपुर खेल मैदानमा भएको दोस्रो खेलमा फुर्सेखाली युबा क्लबले २—१ गोल अन्तरले अटल युवा क्लब निलोलाई हराएको हो ।
खेलमा फुर्सेखालीका तर्फबाट मनिष बुढा र बिराज रोकाले १÷१ गोल गर्नुभएको थियो । अटलका तर्फबाट थम्मन बुढाले सान्त्वना गोल गर्नुभएको थियो । प्रतियोगितामा प्रथम हुने फुटबल टीमले १ लाख ११ हजार १११ नगद, कप, मेडल, प्रमाण पत्र, दोस्रो हुनेले ५५ हजार ५५५ नगद, कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
यस्तै तेस्रो र चौथो हुनेले समान १५ – १५ हजार नगद र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगिताका लागि घोराही निबासी गणेशप्रसाद रोका मगरले दुई लाख र बलिभद्र रानाले एक लाख सहयोग गरेका छन ।