२०७९ साउन २७ गते शुक्रवार

२० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि भारत र बङ्लादेश खेल्दै

काठमाण्डौ,साउन २० । २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज भारत र बङ्लादेश खेल्दैछन् ।

खेल भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदान बेलुका सवा ७ बजे सुरु हुनेछ । बङ्लादेश शीर्ष र भारत दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।

गएको मङ्गलवार भएको खेलमा साविक विजेता भारत माल्दिभ्सलाई १–० गोलले हराउँदै फाइनलमा पुगेको थियो ।

त्यस्तै बङ्लादेशसँगको खेलमा एकरएक गोलको बराबरी खेलेको नेपाल समूह चरणबाट बाहिरिएको थियो ।

माल्दिभ्ससँगको खेलमा रातो कार्ड पाएका भारतका पार्थिव सुन्दर गोगोईले आजको खेल गुमाउनेछन् ।

प्रकाशित मिति : २०७९ साउन २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published.